एनिमल नेपालद्वारा पशु कल्याण बारे सचेतनामूलक कार्यक्रम सम्पन्न

फागुन-०९, काठमाडौं । काठमाडौंको जमल स्थित एल्लो प्यागोडा होटेलमा एनिमल नेपालद्वारा पत्रकार सम्मेलन गरेर पशु कल्याण बारे सचेनामूलक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा पशु र मानव स्वास्थ बारे विस्तृत छलफल गरियो । कुखुराहरुलाई झुण्डाएर, पशुहरुलाई एउटै कोठाभित्र बाधेर राखेको विभिन्न यातना दिएर, यस्ता कुखुरा र पशुहरुबाट हामी मानवलाई सकारात्मक भन्दा नकारात्मक असरहरु पर्ने हुँदा यसको बारे ध्यानाकर्षण गर्न अनुरोध गरियो । पशु माथी गरिने दुर्व्यवहार, उपभोक्ता सचेतना लगायत अन्त्य थुप्रै पशु कल्याणको विधाहरुमा छलफल पनि गरियो । पशुबाट उत्पादन हुने वस्तु आर्थिक पक्षमा मात्रै नभइ पशुको स्वतन्त्रता र पशुको मनोभावनालाई कदर गर्दै हरेक उत्पादन गुणस्तरीय र स्वास्थ्यको दृष्टिकोणले अब्बल बनाउन जोड दिइयो । पशुहरुलाई यातना नदिन र पशुलाई आतना दिँदा कानुनी कारबाही पनि हुन्छ भन्ने कुरामा जोड थिइयो । नेपालमा पनि पशु कल्याण कानुन विस्तारै स्थापित हुँदै गइरहेको कुरामा पनि एनिमल नेपालको कार्यकारी निर्देशनले बताउनु भयो । विस्तृत जानकारीको लागि मुनिको सम्पूर्ण विवरण पढ्नुहोस् :-