सशस्त्र द्वन्द्वमा घाइते भएकाहरूलाई सहयोग गर्न प्रधानमन्त्री देउवासँग प्रचण्डको माग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका बेला घाइते तथा अपांग भएकाहरूलाई राज्यबाट सहयोग गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्।

आज बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्री देउवासँग सशस्त्र द्वन्द्वका घाइते तथा अपांगका सन्दर्भमा ध्यानाकार्षण गराएका छन्।

‘सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिको लगत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपांगताहरुलाई सूचीकृत गर्ने, सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण गर्नुपर्छ,’ प्रचण्डले प्रधानमन्त्री देउवासँग भने।

‘जनयुद्ध’, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका आन्दोलनमा सहिद भएकाको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई कार्यान्वयनमा ल्याउन पनि प्रचण्डले माग गरेको उनको स्वकीय सचिव रमेश मल्लले बताए।सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउनेलगायत विषयमा कुराकानी भएको छ,’ उनले भने। यो पनि :-

स्थानीय तहको चुनाव लक्षित नेपाली कांग्रेसको ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान कर्णाली प्रदेशमा पनि सुरू गरिएको छ।

कर्णाली प्रदेशका हिमाली जिल्लाहरूबाट यो अभियान सुरू गरिएको छ।

अभियानअन्तर्गत नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको नेतृत्वमा एक टोली डोल्पा पुगेको छ।

सोमबार डोल्पा पुगेको टोलीले जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताहरूले भेटघाट गरी अभियानलाई प्रभाकारी बनाउन सुझाव दिएको छ।

भेटका क्रममा सभापति शाहीले हालसम्म प्राप्त उपलब्धी, लोकतन्त्र र संविधानको रक्षा गर्न आगामी चुनामा कांग्रेसले जित्नुपर्ने बताउँदै सोही लक्ष्य अनुसार अघि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे।

उनले कांग्रेस बाहेकका दलहरूमा विकासको नारा लगाउने तर भ्रष्टाचारमा लिप्त हुने प्रवृत्ति कायमै रहेको टिप्पणी गरे।

एमालेलगायत सबै दल विकासको नारा लगाउने तर भ्रष्टाचारमा लिप्त हुने गरेको अवस्था छ, यो प्रवृत्ति अन्त्य गर्न पनि कांग्रसेको जित अपरिहार्य छ,’ उनले भने।

उनले कर्णाली प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनेपछि योजना व्यवस्थापन र सुशासनको मार्गमा प्रदेश अघि बढेको बताए।