कमेन्टको बाढी आएपछि वर्षाले हटाइन् बिकिनी तस्वीर

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी अहिले अमेरिका घुमघाममा व्यस्त छिन् । यसै साता उनले फ्लोरिडाको समुन्द्री तटमा खिचाइएका बिकिनी पहिरनका तस्वीर इन्स्टाग्राम र फेसबुकमा पोस्ट गरेकी थिइन् ।

ती तस्वीरलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भयो । कतिपय भद्दा कमेन्ट गर्दै उनीविरुद्ध खनिए भने कतिपयले उनको स्वतन्त्रता भन्दै बिकिनी पहिरनको प्रशंसा गरे ।यसरी नकारात्मक कमेन्टको बाढी आएपछि वर्षाले अहिले ती तस्वीरलाई हटाएकी छन् । उनको भेरिफाइड फेसबुक र इन्स्टाग्राममा अहिले ती तस्वीर देखिंदैनन् । वर्षा निकट स्रोतका अनुसार तस्वीरमा नेगेटिभ कमेन्ट गर्ने केहीलाई उनले नेपाल फर्किएपछि साइबर क्राइममा उजुरी गर्ने सोच पनि बनाएकी छन् ।