सलमान खान मे २८ मा यसकारण आउँदैछन् नेपाल

काठमाडौँ । बलिउड कलाकार सलमान खान मे २८ मा नेपाल आउने भएका छन्। यसवारे सलमान आफैले जानकारी दिएका छन् । उनी नेपाल आउने चर्चा चलिरहेको भएपनि औपचारीक जानकारी आएको थिएन । तर सलमान आफै त्यसवारे खुलासा गरेका हुन् । सामाजिक सञ्जाल मार्फत सलमानले नेपाल आउन लागेको जानकारी दिएका छन् ।

नेपाल भ्रमणबारे भिडियो सन्देश सार्वजनिक गर्दै खानले आफू ‘दशंग टुर’ अन्तर्गत नेपाल आउँन लागेको बताएका छन्। उनले सन् २०२२ को मे २८ मा नेपालको दशरश रंगशालामा आउँन लागेको बताएका छन्। उनले नेपाल आएर धेरै रमाइलो गर्ने भन्दै सबैलाई सुरक्षित रहनको लागि आग्रह गरेका छन्।

सलमान खानको चर्चित चलचित्र दबंगकै नाममा उनले पछिल्ला केही वर्षदेखि विश्वका विभिन्न देशको भ्रमण गरिरहेका छन्। उनको यो भ्रमणमा ज्याकलिन फर्नान्डेज पनि हिड्ने गरेकी छिन्।

पछिल्लो पटक दुबईमा भएको यी टुर अन्तर्रतको कार्यक्रममा ज्याकलिनलाई भारतको अध्यागमन विभागले अन्तराष्ट्रिय यात्रा गर्न प्रतिबन्ध पनि लगाएको थियो।