घरकी एक्ली छोरी उर्मिलाले एक बर्षअघि मात्र विहे गरेकी थिइन्, श्रीमान र दाजु-भाउजु नै प्रहरीमा

विराटनगर :

मोरङको लेटाङमा एक शिक्षकले छात्रामाथि यौ’ ‘न दु’र्व्य’व’हा’र गरेको आरोपमा पक्राउ गर्न गएको प्रहरीमाथि आ’क्रो’शि’त भीडले आ’क्र’म’ण गर्दा महिला प्रहरीको मृत्यु भएको छ । लेटाङ – ५ खेरुवामा भएको झडपमा घाइते प्रहरी जवान २४ वर्षिय उर्मिला श्रेष्ठको आइतबार मृत्यु भएको हो ।

घटनास्थलमा पुगेका मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहित २५ जना प्रहरी र ७ जना स्थानिय झ’ड’पमा परि घाइते भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविन राज राईले जानकारी दिए । एसपी जिसीको खुटामा चो’ ‘ट लागेको उनले बताए । एसपी जिसीका बडिगार्ड प्रहरी हवल्दार मेघचन्द्र राई पनि घाइते भएका छन् ।

जवान उर्मिला श्रेष्ठको परिवार नै प्रहरी सेवामा रहेको पाइएको छ । उनी तीन वर्षअघि मात्रै प्रहरी सेवामा भर्ना भएकी थिइन् । मोरङको लेटाङमा आइतबार बिहानैदेखि भ’ड्कि’एको माहोल शान्त पार्न उर्मिलासहितको प्रहरी टोली दिउँसो विराटनगरबाट त्यसतर्फ गएको थियो ।

 

२०५२ कात्तिक १४ गते खोटाङको बराहापोखरी गाउँपालिका-४ मा उर्मिलाको जन्म भएको थियो । तीन सन्तानमध्ये उर्मिला एक्ली छोरी हुन् । उर्मिलाको एक दाजु र एक वर्षअघि मात्रै उदयपुरमा उनको विवाह भएको थियो । उनका श्रीमान् नवीन श्रेष्ठ पनि प्रहरी जवान नै हुन् । उनी जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत छन् । उर्मिलाका दाजु-भाउजू पनि प्रहरी नै हुन् । दाजु भुवन श्रेष्ठ प्रहरी सहायक निरीक्षक (असई) हुन् । उनी पनि मोरङकै बख्रिन चौकीमा कार्यरत छन् । भाउजु मीना जवान हुन् । उनी जिल्ला कारागार (मोरङ) मा कार्यरत छिन् ।