पुनः अपलोड गरिएको प्रकाश सपुतको ‘पिर’ ट्रेन्डिङको १ नम्बरमा

काठमाडौँ । प्रकाश सपुतको ‘पिर’ पुनः ट्रेन्डिङमा परेको छ ।

भिडिओमा रहेको दृश्यले गीत विवादित बनेपछि सपुतले युट्युबबाट भिडिओ हटाएर पुनः अपलोड गरेका थिए ।

सपुतले भिडियोको एक दृश्यले गीत नै छाँयामा परेको भन्दै विवादित दृश्य सम्पादन गरी भिडियो पुनः अपलोड गरेका थिए ।

छोटो समयमै १० लाख पटकभन्दा धेरै हेरिएको र ट्रेन्डिङमा रहेको गीत हटाएका सपुले दर्शकहरूबाट पुनः पनि उस्तै साथ सहयोगको अपेक्षा रहेको उल्लेख गरेका थिए । सपुतको अपेक्षाअनुसार नै गीत पुनः ट्रेन्डिङमा परेको हो ।

२४ घण्टामै ९ लाख धेरै पटक हेरिएको पिर पुनः युट्युब ट्रेन्डिङको १ नम्बरमा पर्न सफल भएको हो ।