कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक विष्ट निलम्बित

सुर्खेत ६ चैत । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्ट निलम्बन भएका छन् । विष्टलाई पार्टीले दलको सदस्यबाट निलम्बन गरेको हो ।

यस अघि नै राजीनामा दिएका विष्टलाई प्रदेशसभा दलको बैठकले राजीनामा फिर्ता लिएर नियमित काममा क्रियाशील हुन निर्देशन दिएको थियो । तथापी, उनले पार्टीको निर्देशन अवज्ञा गरेकोले दलको सदस्यबाट नै निलम्बन गरिएको हो ।

अहिले विष्ट एमाले प्रवेश गर्ने तयारी गरिहेका छन् । दलका नेता महेन्द्रबहादुर शाहीले आज आइतबार प्रेस नोट मार्फत जानकारी दिएका हुन् ।