पल शाह प्रकरण : शाह माथि तेस्रो पटक थपियो म्याद, अब के हुन्छ ?

काठमाडौं :

नाबालिगमाथि ब’लात्का’रको अभियोग लागेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले शाहमाथि अनुसन्धानका लागि थप ५ दिनको समय दिएको छ । फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप गरिएको म्याद शुक्रबार सकिँदै थियो ।

तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि अनुसन्धानको समय दिएको थियो । तर यही बीचमा नवलपुरमा दर्ता भएको ज’ब’रज’स्ती क’र’णीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएपछि तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको छैन । जसकारण पल शाहमाथिको अनुसन्धान अझै नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँ स्रोतले बताएको छ ।

अभिनेता शाहविरुद्ध एक नाबालिक गायिकालाई ब’ला’त्कार गरेको आरोपमा नवलपुर जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धानका आधारमा पल शाहमाथि बिहेको प्रलोभन देखाएर नाबालिकामाथि ज’बरज’स्ती क’र’णी गरेको अभियोगसहित मुद्दा दायर गरेको हो ।अनुसन्धानको समय नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलमार्फत अनुसन्धानको लाथि थप समय मागेको हो ।