रामकुमारी झाँक्रीको मन्त्री पद गुम्दै

काठमाडौं ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको पद जाने भएको छ । उनी अब मन्त्रीबाट हट्ने सम्भावना बढिसकेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले पुराना मन्त्रीलाई बदलेर नयाँ मन्त्री पठाउने तयारी गरेको छ । मन्त्रीको नाम पठाउने बेलामा नै सोही अनुसारको सहमति भएको थियो ।

केही मन्त्रीको लिष्टमा भएकाहरुलाई ६ महिना पछि अवसर दिने आश्वासन सहित माधव नेपालले मन्त्रीको नाम सिफारिस गरेका थिए । त्यसैले सो पार्टीले मन्त्री फेरवदल गर्न लागेको हो । त्यस्तै माओवादी केन्द्रले पनि केही मन्त्री हेरफेर गर्ने बुझिएको छ । मन्त्रीबाट रामकुमारी झाँक्री हट्ने समय नजिकिदै गर्दा उनको मन्त्रालयका सचिव पहिल्यै बदलिएका छन् ।

सचिव मणिराम गेलाल प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।यसअघि शहरी विकासबाट प्रधानमन्त्री कार्यालयमा पठाइएका रमेश सिंहलाई फेरि सरुवा गरी ल्याइएको छ । सिहको ४ महिनामै जाने र आउने क्रम चल्यो । आजै शहरी विकास मन्त्रालयका कर्मचारीले गेलाललाई बिदाई गरेका छन् । सिंहलाई स्वागत पनि गरेका छन् । चार महिना अघि बिदाई गरिएको सचिव सिंहलाई फेरि उक्त मन्त्रालयमा स्वागत गरिएका