पूर्वप्रेमीकाद्धय ऐश्वर्या र क्याट्रिना दुवैले विबाह गरेपछि यस्तो प्रतिक्रिया दिए सलमानले

बलिउडका सुपरस्टार सलमान खान अहिले ५४ बर्षका भए तर पनि बिबाह भएको छैन । आफ्नो फिल्मि करियरमा उनको नाम दर्जनौ चर्चित नायिका तथा सुरा सुन्दरीसंग जोडिदै आएको छ ।

उनको संगीता बिजलानी, ऐश्वर्या राय, कैटरीना कैफ लगायतका सुन्दर नायिका संग नाम जोडिसकेको छ । तर पनि उनी ५५ वर्ष माथि लागिसक्दा पनि सिंगल नै छन् ।

उनको जिन्दगीमा धेरै सुरा सुन्दरीहरुले इन्ट्रि त मारे तर पनि सलमानसंग घरबार बसाउन सकेनन् । तर यसो हुनुमा उनले आफ्नै कारण देखाएका छन् । उनले पहिलो पटक एक अन्र्तबार्तामा आफ्नो रिलेशनसिपका बिषयमा मुख फोरेका हुन् ।

अन्र्तबार्तामा उनलाई घरमा बिबाहको कुरा हुन्छ कि हुदैन भनेर सोधिएको थियो तर उनले हाँसेरै टारीदिएका थिए ।

अन्र्तबार्ताकारले लुलिआ बन्तुरलाई लिएर सलमान खानलाई कसैसंग डेट चलिरहेको छ कि भनेर प्रश्न गरेका थिए । उनले आफु कहिले पनि रिलेशनसिपमा बिल्कुलै राम्रो नरहेको प्रतिक्रिया दिएका थिए ।

हाल सलमानका पूर्व प्रेमीकाहरु दुवै विबाहित भइसकेको अवस्थामा सलमानले आफु अहिलेकै अवस्थामा खुशी रहेको प्रतिक्रिया दिएका छन् ।