यस्तो बनेर आयो दिवंगत बलिउड अभिनेता ऋषि कपूर र जुही चावला अभिनित फिल्म ‘शर्माजी नमकीन’ को ट्रेलर

एजेन्सी- रणवीर कपुरका पीता तथा दिवंगत बलिउड अभिनेता ऋषि कपूरको पछिल्लो फिल्म ‘शर्माजी नमकीन’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक टे्रलरमा जुही चावला, र ऋषिको दमदार अभिनय देख्न सकिन्छ ।

फिल्मलाई हितेश भाटियाले निर्देशन गरेका हुन् । फिल्ममा स्वर्गीय ऋषि कपुर बाहेक परेश रावल, जुही चावला, सुहेल नय्यर, तारुक रैना, सतीश कौशिक, शीबा चड्ढा र ईशा तलवारको मुख्य भूमिका रहेको छ ।

फिल्म मार्च ३१ मा ओटीटी प्लेटफर्म ब्mबशयल प्राइम भिडियोमा स्ट्रिम गरिनेछ। निर्माताले आफैंले फिल्मको ट्रेलर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।यो फिल्मको आधा सुटिङ सकिएपछि ३० अप्रिल २०२० मा ऋषि कपूरको निधन भएको हो । उनको मृत्युपछि परेश रावलले उनको भूमिका निर्वाह गर्दै फिल्मको बाँकी छायांकन पूरा गरेका थिए । टे्रलरलाई म पराइएको छ ।