प्रेमी युद्ध बानियासँग यसरी मनाइन नायिका पुजा शर्माले होली, तस्विर भाइरल

काठमाडौं-नायिका पूजा शर्माले प्रेमी युद्ध बानियासँग होली खेलेर मनाएकी छन् । यो जोडीले एकसाथ होली मनाएको तस्विर सामाजिक संजालमा भाइरल बनेको छ । पूजाले आफ्नो फिल्म म यस्तो गीत गाउछु रिलिज भएको केही दिन पछि प्रेमी सार्वजनिक गरेकी थिइन् ।

यो जोडीले अब छिट्टै बिहे गर्न लागेको खबर बाहिर आएको छ । यस अघि पुजाको नाम नायक आकाश श्रेष्ठ सँग पनि जोडिएको थियो । यद्यपी यो जोडीले प्रेम स्विकार भने गरेका थिएन््न ।

त्यस्तै मोडल एलिजा गौतमले को–एक्टर पुष्पा खड्कासँग होली मनाएकी छन् भने रेखाले दिदी र भाइहरुसँग होली मनाएको तस्वीर सेयर गरेकी छन् । आज सर्वसाधारणदेखि सेलिब्रिटीहरुले एक अर्कालाई रङ दलेर होली सेलिब्रेट गरिरहेका छन्