पल शाहविरुद्ध नवलपरासी अदालतमा मुद्दा दर्ता, १२ देखि १४ वर्षको कैद सजाय माग

काठमाडौं, ३ चैत – अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ब ला ,त्कार मु, द्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध ब ,ला ,त्का र मु द्दा दर्ता गराएको हो ।

१५ वर्ष ८ महिना चार दिनकी बालिकालाई ब , ला ,त्कार गरेको अभियोगमा मु द्दा दर्ता गरिएको हो । गायिका समेत रहेकी बालिकाले दिएको जा हे रीको आधारमा प्रहरीले उनलाई प क्रा उ गरी अनुसन्धान गरेको थियो ।

मुलुकी अ प रा ध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहविरुद्ध मुलुकी अ परा ,ध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका ब, ला त्का र गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । सोही अनुसारको सजाय माग दाबी गरिएको उनले बताए ।

त्यस्तै यौन हिंसा अध्यादेश २०७७ मा चार लाखसम्म जरिवाना हुनसक्ने उल्लेख छ । सोही अनुसार चार लाख रुपैयाँ क्षतिपूर्तिको समेत मागदाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता नेपालीले बताए ।

शाहलाई तनहुँबाट झिकाउने भन्ने अभियोगपत्रमा उल्लेख गरिएको छ । तनहुँबाट झिकाएपछि मात्र थुनछेक बयान सुरु हुने उनको भनाइ छ । नवलपसारीमा अ नु सन्धानपछि शाहलाई तनहुँ लगिएको थियो ।