अर्को चर्चित व्यक्तिको निधन

उदयपुर, ३ चैत- उदयपुरको संस्थापक बामपन्थी नेता पूर्णबहादुर खत्री (क.खेताला) को ८८ वर्षको उमेरमा निधन भएको छ । उदयपुरको साबिक सोरुङछबिसे गाबिस बरडाँडा हाल कटारी नगरपालिका– १० सोरुङछबिसे बरडाँडाका स्थायीबासान्दिा खत्रीको बुधवार राति निधन भएको हो ।

खत्री उदयपुृरमा २०३३ सालमा कम्युनिष्ट आन्दोलनको बिजारोपण गर्ने मध्येका एक हुन् । खत्री सोरुङछबिसे बरडाँडामा १९९१ साल असोज २६ गते जन्मिएका हुन् । तत्कालीन २०२८ को झापा विद्रोहबाट प्रभावित खत्रीले गाउँका सामन्तीविरुद्ध आन्दोलन सुरु गरेका थिए ।

उदयपुर घर भई सर्लाहीमा खेती गर्न बाबुासँगै गएका उनी सिराहाका किसान नेता जयनारायण यादवबाट प्रभावित भएर ०२९ सालमा वामपन्थी आन्दोलनमा लागेका हुन् । किसानहरुलाई कम्युनिष्ट पार्टीमा लाग्न प्रेरित गर्दै संगठन विस्तार गरी हिँडेका यादवको विचारसँग सहमत भएर उनी सर्लाही, सिराहा, सप्तरी, महोत्तरीमा बामपन्थी आन्दोलनको संगठन निर्माण गरेपछि उदयपुर फर्केर पहिलो पटक गाउँबाटै कम्युनिष्ट संगठन निर्माणमा लागेका थिए ।

बामपन्थी संस्थापक कम्युनिष्ट उनी चौथो अधिबेसनबाट जिल्ला सेक्रेटरी समेत भएका थिए । नेकपा (माओवादी केन्द्र) निकट जेष्ठ कम्युनिष्ट संगठनका केन्द्रीय सदस्य रहेका खत्री पछिल्लो बामपन्थी आन्दोलन प्रति भने असन्तुष्ट थिए । माओवादी जनयुद्धका खरो समर्थक उनी १० वर्षे जनयुद्धबाट आमूल परिवर्तन हुन्छ भन्ने अपेक्षा गरेको तर, जनयुद्ध अन्त्यसँगै पार्टी संसदीय व्यवस्थामा भासिएकाले अर्को सशक्त विद्रोहको खाँचो औँल्याउँदै आएका थिए ।

उनी लामो समय भूमीगत भएका थिए ।

बामपन्थी आन्दोलनमा लागेका उनी बृद्धावस्थामा भने गरिबीको पीडामा पुगेका उनका उनका दुई छोरामध्ये एक किसान छन् भने अर्का शारीरिक तथा बौद्धिक अपाङ्ग छन् । उनी बुढेसकालमा घरबार बिहीन भई टार्न नसक्ने अवस्थामा पुगेपछि छिमेकीको घरमा शरण लिएर बस्दै आएका थिए ।