प्रज्ञाभवन कमलादीमा माओवादीको वैचारिक – राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौं २ चैत । नेकपा माओवादी केन्द्रको वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम काठमाडौं स्थित प्रज्ञाभवन कमलादीमा सुरु भएको छ ।

उपत्यकाका विदेश प्रदेश कमिटी र सम्पर्क समन्वय प्रदेश कमिटीलाई लक्षित गर्दै माअ‍ोवादीले आज बुधरबार वैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु गरेको हो ।

उक्त कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, शिक्षा मन्त्री देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागीता रहेको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेता तथा कार्यकर्तालाई निार्वचन लक्षित प्रशिक्षण दिइन देशभर माओवादीले सुरु गरेको हो ।