पाण्डेको मिश्रलाई चुनौती : यति बुझ्नुहोस् रवीन्द्र अङ्कल, जुन दिनबाट हामी तपाईँलाई गाली गर्न छोडिदिनेछौ, त्यो दिनबाट तपाईँको राजनीति सकिने छ

काठमाडौं २ चैत । विवेकशील साझा पार्टीले २६ जना केन्द्रिय सदस्यलाई जिम्मेवारीबाट हटाएपछि रुष्ट बनेका नेता मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई क्षणिक जित्नु ठुलो कुरा नभएको बताएका छन् ।

पाण्डेलाई भने, ‘विवेशीले साझाले यस अघि नै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालेको थियो ।’ पाण्डेले पार्टीको यो निणर्य प्रति आपत्ती जनाउँदै भनेका छन् ,छल गरेर क्षणिक त सकुनी पनि जितेका थिए। तर,अन्तमा जित पाण्डवकै भयो।

क्षणिक जित्नु ठुलो कुरा नभएको बताएका उनले आफ्नो कन्भिक्सनमा र विचारमा अडिनुनै सबभन्दा महत्त्वपूर्ण भएको बताएका छन् ।अध्यक्ष मिश्रलाई चुनौती दिँदै भनेका छन् , यति बुझ्नुहोस् रवीन्द्र अङ्कल, जुन दिनबाट हामी तपाईँलाई गाली गर्न छोडिदिनेछौ, त्यो दिनबाट तपाईँको राजनीति सकिने छ।

छल गरेर क्षणिक त सकुनी पनि जितेका थिए। तर,अन्तमा जित पाण्डवकै भयो। क्षणिक जित्नु ठुलो कुरा होइन,आफ्नो कन्भिक्सनमा र विचारमा अडिनुनै सबभन्दा महत्त्वपूर्ण कुरा हो।

यति बुझ्नुहोस् रवीन्द्र अङ्कल, जुन दिनबाट हामी तपाईँलाई गाली गर्न छोडिदिनेछौ, त्यो दिनबाट तपाईँको राजनीति सकिने छ।

उनले भनेका छन्,’पुकार बम ती पात्र हुन् जसले कोरोनाको बेलामा ५०० दिनसम्म हजारौँलाई खाना खुवाए। ‘इनफ इज इनफ’को बेलामा नागरिकका निम्ति १२ दिनसम्म अनशन बसे। दोस्रो लकडाउनमा देशवासीलाई घर घरमा पुगेर अक्सिजन र खाना खुवाए,’ ‘यति काम कुन नेताले गरेको छ यो ५ वर्षमारु मलाई यसपालिचाहिँ रिस उठेन, बरु दया लाग्यो।’पुकार बम ती पात्र हुन् जसले वैकल्पिक राजनीति उज्वल थापा दाइसँग २०६९ साल जेठमा सुरु गरेका थिए। केजरिवालले आप सुरु गर्नु ६ महिना अघि। बिजुली, धारा, किताब झुन्ड्याउँदै डेलिभरीको मुद्दा बोक्दै हिँड्थे।’

उनले भने, ‘जसले वैकल्पिक राजनीति सुरु गर्यो जसले हालेको जगमा टेकेर राजनीति गर्दै हुनुहुन्छ उसलाई नै कारवाही मलाई यसपालि चाही रिस उठेन बरु दया लाग्यो ‘।