आगामी निर्वाचनमा चुनावी गठवन्धन हुन्छ : मन्त्री झाँक्री

पोखरा २ चैत । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा चुनावी गठवन्धन हुन सक्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव समेत रहेकी उनले कास्कीमा आयोजित एक कार्यक्रममा बोल्दै आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएकी हुन् ।

गठबन्धन मुद्दा र आवश्यकताका आधारमा हुने भएकाले आगामी दिनमा पनि मिलेर सरकार बनाउनुपर्नेमा जोड दिएकी छन् ।

उनले भनिन्, ‘एउटा मुद्दा र परिस्थितिले आज हामी एक ठाउँमा आएका छौं । गठबन्धन दुइटै पक्षलाई आवश्यक छ । त्यसकारण हामी गठबन्धन गर्छौं ।’

साथै उनले नेता कार्यकर्ताहरुलार्य गठवन्धनलाई प्रभाव पर्ने कुनै पनि किसिमको अभिव्यक्ति नदिन निर्देशन समेत दिएकी छन् ।