एम्बुलेन्सको सुविधा नहुँदा स्टेचरमा बोकेर अस्पताल लैजाँदै बिरामी

भोजपुरको रामप्रसादराई गाउँपालिका– ६ वैकुण्ठेमा उपचारका लागि स्टेचरमा बोकेर बिरामी लैजाँदै । दुर्गम भेगमा एम्बुलेन्सको सुविधा नहुँदा स्थानीय बासिन्दालाई समस्या छ । तस्वीर ः युवराज विष्ट÷ रासस

मन्त्री आलेसँग शिष्टाचार भेट- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत म्यानुयल मिक्यालरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको मन्त्री आलेको सचिवालयले जनाएको छ ।

सो भेटवार्ताका क्रममा मन्त्री आलेले अमेरिकी सरकारले नेपालको विकासलगायतका विविध क्षेत्रका साथै कोरोना भाइरसविरुद्ध लड्नका लागि गरेको सहयोगको सराहना गर्नुभयो । कार्यवाहक राजदूत मिक्यालरले नेपालमा पर्यटन प्रवद्र्धन, कला संस्कृति तथा नागरिक उड्डयनका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताउनुभएको थियो ।