माओवादी केन्द्रका २८ कमान्ड र चुनावी योजना (सूचिसहित)

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह निर्वाचन केन्द्रित अभियानका लागि २८ वटा केन्द्रीय कमाण्ड निर्माण गरेको छ। दुईदेखि चार वटा सम्म जिल्लालाई जोडेर माओवादी केन्द्रले एउटा कमाण्ड बनाएको हो।माओवादी केन्द्रका एक केन्द्रीय सदस्यका अनुसार त्यस्तो कमाण्डको नेतृत्व गर्ने गरी सम्वन्धित प्रदेशबाट पार्टी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वरिष्ठ नेतालाई जिम्मेवारी दिइएको छ।

ती केन्द्रीय सदस्यले भने, ‘सात वटै प्रदेशमा दुई देखि तीन जिल्ला जोडेर एउटा कमाण्ड बनाईएको छ, कुनैमा भने ४ वटा सम्म जिल्लालाई जोडेर कमाण्ड बनाईएको छ, त्यही कमाण्ड अन्र्तगत निर्वाचनका समग्र योजना बन्नेछन्। कमाण्डको जिम्मा प्रदेशबाट केन्द्रीय समितिमा रहनुभएका वरिष्ठ केन्द्रीय नेताले गर्नुभएको छ।’

प्रदेश १ मा ५ वटा कमाण्ड बनाईएको छ। ताप्लेजुङ, पाँचथर, इलामको पहिलो, झापा, मोरङ र सुनसरीको दोस्रो, धनकुटा, तेह्रथुम र संखुवासभाको तेस्रो, भोजपुर, खोटाङ र उदयपुरको चौथो र सोलखुम्बु र ओखलढुंगाको पाचौं कमाण्ड प्रदेश १ मा बनाईएको छ।

मधेस प्रदेशमा दुई दुई वटा जिल्लालाई जोडेर ४ वटा कमाण्ड बनाईएको छ । सप्तरी सिराहको पहिलो, धनुषा महोत्तरीको दोस्रो, सर्लाही रौतहटको तेस्रो र बारा र पर्साको चौथो कमाण्ड मधेस प्रदेशमा माओवादीले बनाएको छ।
बागमति प्रदेशमा ५ वटा कमाण्ड बनाइएको छ। चितवन मकवानपुरको पहिलो, धादिङ, नुवाकोट र रसुवाको दोस्रो, सिन्धुपाल्चोक, दोलखा र काभ्रेपलाञ्चोकको तेस्रो, सिन्धुली रामेछापको चौथो र भक्तपुर, काठमाडौं र ललितपुरको पाँचौं कमाण्ड माओवादीले बनाएको छ।

गण्डकी प्रदेशमा ४ वटा कमाण्ड बनाइएको माओवादीले जनाएको छ। गोरखा, लमजुङ र मनाङको एउटा कमाण्ड, तनँहु नवलपरासीपूर्वको दोस्रो, स्याङजा, कास्की र पर्वतको तेस्रो र बाग्लुङ, म्याग्दी मुस्ताङको चौथो कमाण्ड बनाईएको छ।

लुम्बिनी प्रदेशमा पनि माओवादीले चार वटा कमाण्ड बनाएको छ। नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तुलाई पहिलो, पाल्पा, गुल्मी र अर्घाखाँचीलाई दोस्रो, प्यूठान, रुकुम पूर्व, रोल्पालाई तेस्रो र दाङ, बाँके र बर्दियालाई चौथो कमाण्ड बनाईएको छ।माओवादीले कर्णाली प्रदेशमा भने तीन वटा कमाण्ड बनाएको छ। सुर्खेत, दैलेख र सल्यानको एउटा कमाण्ड, जाजरकोट, डोल्पा र रुकुम पश्चिमको दोस्रो तथा कालिकोट जुम्ला, मुगु र हुम्लाको तेस्रो कमाण्ड कर्णाली प्रदेशमा बनाएको छ। सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी र बाजुराको पहिलो, बैतडी , बझाङ र दार्चुलाको दोस्रो तथा कैलाली कञ्चनपुर र डडेलधुराको तेस्रो कमाण्ड माओवादीले बनाएको छ।

घर -घरमा सदस्य, टोलटोलमा संगठन बनाउने

माओवादीले चुनावी अभियानका रुपमा दुई महिने अभियान अहिले चलाईरहेको छ। अभियान अन्र्तगत यसरी गठन गरिएको २८ वटा कमाण्डले संगठन परिचालन टिम गठन गरी घर घरमा पार्टी सदस्य र टोलटोलमा संगठन बनाउने भएको छ। एक टोल, एक वाइसीएल को टिम बनाउने पनि माओवादीले योजना बनाएको छ। सबै तहका कमिटिलाई पूर्णता दिने, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार कमिटि र परिषदहरु गठन गर्ने, केन्द्र, प्रदेश र स्थानीय तहमा आवश्यक विभागहरु बनाउने, संगठित सदस्यलाई पार्टी कमिटिमा संगठीत गर्ने र नयाँ पार्टी सदस्यता वितरण गर्ने सम्मको योजना माओवादीले बनाएको छ।

वैचारिक-राजनीतिक रुपमा प्रशिक्षित गर्ने

माओवादीले आफना पार्टी सदस्य देखि शुभचिन्तक कार्यकर्ता सम्मलाई केन्द्रीत गर्ने गरी अभियानकै क्रममा वैचारिक, राजनीतिक प्रशिक्षण दिने सम्मको योजना बनाएको छ। वैचारिक प्रशिक्षणका क्रममा, २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो, समाजवाद उन्मुख समृद्धिको कार्यक्रम, नेपाली

केन्द्र, प्रदेश र स्थानीय तहमा आवश्यक विभागहरु बनाउने, संगठित सदस्यलाई पार्टी कमिटिमा संगठीत गर्ने र नयाँ पार्टी सदस्यता वितरण गर्ने सम्मको योजना माओवादीले बनाएको छ।

वैचारिक-राजनीतिक रुपमा प्रशिक्षित गर्ने

माओवादीले आफना पार्टी सदस्य देखि शुभचिन्तक कार्यकर्ता सम्मलाई केन्द्रीत गर्ने गरी अभियानकै क्रममा वैचारिक, राजनीतिक प्रशिक्षण दिने सम्मको योजना बनाएको छ। वैचारिक प्रशिक्षणका क्रममा, २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो, समाजवाद उन्मुख समृद्धिको कार्यक्रम, नेपाली जनक्रान्तिको मौलिक विशेषता र संघीय लोकतान्त्रिक गणतन्त्र, नयाँ ढंगको क्रान्तिकारी पार्टी, बदलिएको सन्र्दभमा जवस, मोर्चा र सामुदायिक संघ संगठनहरुको भूमिका, जनदिशाको महत्व र विधि, दलाल पुँजीवादविरुद्धको संर्घष र राष्टिय स्वाधिनताको सवाल, आसन्न निर्वाचनमा पार्टीका एजेण्डा, वर्तमान राजनीतिक अवस्था र विभिन्न प्रवृतिहरु लगायतका अन्य समासामायिक विषयमा केन्द्रीत रहेर वक्ता टोली नै गठन गरेर प्रशिक्षण दिने माओवादीले जनाएको छ।

प्रशिक्षण कार्यक्रम अन्र्तगत नै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायतको उपस्थितीमै अहिले माओवादीले पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम चलाईरहेको छ।आजैमात्र जवस र सम्र्पक समन्वयको आयोजनामा काठमाडौंको प्रज्ञा भवनमा प्रशिक्षण कार्यक्रम राखेको छ। यस अगाडी बागमति, कर्णाली, सुदुरपश्चिम र प्रदेश १ को प्रशिक्षण कार्यक्रम प्रचण्डकै उपस्थितीमा माओवादीले सम्पन्न गरेको छ । अव भोलि लुम्बनी प्रदेशमा, चैत ६ गते गण्डकी प्रदेशमा र चैत ८ गते मधेस प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम माओवादीले तय गरेको छ।

केन्द्रबाट अपिल प्रकाशन गर्ने, पालिकाले घोषणापत्र

माओवादीले चुनावी अभियानका क्रममा केन्द्रबाट अपिल प्रकाशन गर्ने भएको छ। समग्र मतदातालाई माओवादी केन्द्र र त्यसका उम्मेदवारहरुलाई किन मतदान गर्ने ? भन्ने विषय खुलाएर केन्द्रले आम मतदाताका लागि अपिल प्रकाशन गर्ने निर्णय भएको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल प्रशान्तले जानकारी दिए। त्यस्तै पालिकास्तरमा भने चुनावी घोषणापत्र बनाएर सार्वजनिक गर्ने निर्णय माओवादीले गरेको छ। स्थानीय पालिका विशेषका आधारमा घोषणापत्र र गर्नुपर्ने काम, गरिएका कामहरुको बारेमा अलग अलग चुनावी घोषणापत्र माओवादीले बनाएर सार्वजनिक गर्ने भएको छ।

चुनावी नारा के ?

माओवादी केन्द्रले गाँउ, नगर घर-घर जाऔं, माओवादी केन्द्रलाई विजयी गराऔं, माओवादीको नीति र नेतृत्व, संघीय ब्यवस्था र समानुपातिक प्रतिनिधित्व, नेपाली जनक्रान्तिको अमूल्य उपहार, संघ, प्रदेश र स्थानीय स्तरमा जनसरकार भन्ने चुनावी नारा बनाएको छ।

त्यस्तै उसले सवै खाले प्रतिगामी षडयन्त्रको प्रतिकार गरेर जनक्रान्तिका उपलब्धीको रक्षा र विस्तार गरौं, श्रम रोजगार उत्पादन र आर्थिक समृद्धि, सामाजिक सास्कृतिक रुपान्तरणको अभिवृद्धि गरौं, विभेद, उत्पीडनर भष्टाचारको अन्त्य गरौं, सामाजिक न्याय, सुशासन र समतामूलक समाजको विकास गरौं भन्ने जस्ता चुनावी नारा पनि केन्द्रीय तहवाट निर्धारण गरेको छ।