नेपाली सिनेमाजगत बाट आयो दुखद खबर : चर्चित कलाकारको निधनले पुरै चलचित्र क्षेत्र शोकमा डुब्यो

काठमाडौं ।

नेपाली सिने जगतमा एउटा दुःखद खबर बाहिर आएको छ । पुराना चलचित्र निर्देशक, कलाकार मुकुन्द बस्ताकोटीको निधन भएको छ । कलाकार संघका अनुसार बास्ताकोटीको अमेरिकामा निधन भएको हो । बास्ताकोटीको अमेरिकामा निधन भएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताए ।

पछिल्लो समय अमेरिका बस्दै आएका बास्ताकोटीले ज्वाला,जलन,नातेदार,मंगलसुत्र जस्ता थुप्रै चलचित्र , टेलिचलचित्रका निर्देशन गरेका थिए । अन्य कलाकारले बस्ताकोटी प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

त्यस्तै, एमई टिभीको प्रस्तुतीमा रेस्क्यू क्रिएसनले पारिवारिक कमेडी सिरियल ‘राजाराम निवास’ निर्माण गरेको छ । निर्देशक नवल नेपाल निर्देशित सिरियल कलाकार राजाराम पौडेल वरपर घुमेको छ ।

सिरियलमा राजारामलाई सरकारी जागिरबाट अवकाश प्राप्त कर्मचारीको रुपमा देखाइएको छ । सिरियलमा उनी लोभी चरित्रका छन् । ‘नेपालका ५० जिल्ला पुगेर कामको अनुभव सँगालिसकेका राजारामलाई त्यहाँको रहनसहन, रीतिरिवाज, बोलीचाली, भाषासंस्कृतिको ज्ञान छ’, निर्देशक नेपाल भन्छन्, ‘अवकाश प्राप्त जीवनलाई राजारामले कसरी सदुपयोग गरिरहेका छन् भन्ने कुरा ‘राजाराम निवास’ मा देखाएका छौं ।’

सिरियलमा राजारामका अलावा विमला गिरी, निर्मल न्यौपाने, अर्चना खनाल, साहिना भट्टराई र खड्गबहादुर पुन मगर (खबपु) को अभिनय छ । म्युजिक भिडियो निर्देशक समन अधिकारीको कथा र महेश दवाडी तथा दिनेश न्यौपानेको लेखन रहेको टेलिसिरियलमा अर्जुन पोखरेल र विनोद खम्बुको संगीत, विनोद भुजेलको पार्श्व संगीत, मुक्त उदास र हरि उप्रेतीको गीत, मदन काश्यप घिमिरेको छायांकन, गौतम खड्काको सम्पादन र भीष्म आचार्यको प्रोडक्सन छ । सिरियलको कार्यकारी प्रमुख रमेश अधिकारी हुन् ।

रेस्क्यू क्रिएसनका प्रमुख समेत रहेका समनले क्रिएसनमार्फत ७ वटा टेलिसिरियल निर्माण गरिरहेको जानकारी दिए । यी सिरियल विभिन्न च्यानलमार्फत प्रसारणमा आउने छन् । ‘राजाराम निवास’ चैतको पहिलो साताबाट हरेक बिहीबार साँझ ६ः३० र राति १० बजे कान्तिपुर टिभी र बेलुकी ८ बजे र राति १०ः३० बजे एम