सामान्य परिवारमा जन्मिएका नवाजुद्दिन सिद्धिले यसरी पुरा गरे बुबाको सपना

एजेन्सी – चर्चित बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकी बाबुको नाममा सपनाको घर बनाइदिएका छन् । सिद्धिकीले मुम्बईमा सपनाको आलिशान घर बनाइदिएका हुन ।

सामान्य परिवारबाट बलिउडमा स्थापित नवाजुद्दिन सामान्य परिवारमा जन्मिएर मुम्बईमा संघर्ष गर्दै उनी करिअरको उचाइमा पुगेका हुन् । यसो त नवाजुद्दिनको बलिउड संघर्ष धेरैका लागि प्रेरणा बन्ने गरेको छ । अहिले उनै प्रेरणादायी नवाजुद्दिनले सेतो रंगको आलिशान घर बनाएका छन् । जुन घर सामाजिक संजालमाभाइरल बनेको छ ।

उनको घरलाई फ्यानहरुले निकै मनपराएका छन् । नवाजुद्दिनले यो घर सम्पन्न गर्न तीन वर्षको समय लगाएका छन् । नवाजुद्दिनले आफ्नो नयाँ घर कति रकममा तयार गरे भन्ने खुलाइएको छैन । बाबुको नाममा राखेका छन् । उनका बाबुको नाम नवाब हो ।नवाजुद्दिन चाँडै नै ‘टिकु वेड्स सेरु’मा काम गर्ने तयारीमा छन् ।