केटीहरुले एक चुल्ठी बाट्दा केटाहरुमा उ’त्तेजना ! स्कुलमा लगाईयो अनौठो नियम

काठमाडौं ।

के केटीहरुले कपालमा बाटेको चुल्ठीले केटाहरुमा यौ’न उ’त्ते’जना आउँछ ? धेरैलाई यस्तो प्रश्न वाहियात लाग्न सक्दछ । तर जापानका कतिपय विद्यालयहरुले भने छात्रहरुमा यौ’न उ’त्ते’जना ल्याएको भन्दै छात्राहरुलाई कपालको एउटा चुल्ठी बाट्न अर्थात् पोनीटेल बनाएर आउन प्रतिबन्ध लगाएका छन् ।

द न्युयोर्क टाइम्समा छापिएको खबर अनुसार जापानका स्कुलमा एउटा चुल्ठी बाट्न नपाइनुका अलवा अन्य कतिपय यस्ता नियमहरु पनि छन् जो निकै असहज लाग्दछन् । कतिपय स्कुलमा मोजाको रङ, स्कर्टको लम्बाइदेखि अ’ण्ड’रवेयरका विषयमा पनि अनौठा नियम तोकिएको हुन्छ । केटीहरुले केबल सेतो रङको अ’ण्ड’रवेयर लगाउनुपर्ने नियम हुन्छ स्कुलहरुमा । त्यस्तै कपालमा कलर गरेर अरु रङ बनाउन पाइँदैन र कालो हुनै पर्दछ ।

छात्राहरुले एउटा चुल्ठी बाट्न नपाउने उक्त नियमलाई लिएर सन् २०२० मा जापानको फुकुओका इलाकाका विभिन्न स्कुलहरुमा सर्भेक्षण गरिएको थियो । त्यसक्रममा छात्राहरुले एउटा चुल्ठी बाट्दा ना’ङ्गो ग’र्धन देखिने र त्यसले केटाहरुमा यौ’न उ’त्ते’जना आउने कतिपयको तर्क थियो ।

धेरै मानिसको त्यस्तो धारणा पाएसँगै स्कुलहरुमा छात्राहरुलाई एउटा चुल्ठी बाट्नमा प्रतिबन्ध लगाइयो । जसका कारण छात्राहरुलाई त्यस्तो नियम मान्नुको विकल्प रहेन । स्कुलहरुले यो नियमलाई ज’बर’ज’स्ती लागू गरेका छन् । कतिपय यस्ता अनौठो र परम्परागत नियमहरुलाई ‘ब्ल्याक रुल्स’ पनि भनिन्छ । एजेन्सी