सुरक्षा पन्तलाई कसले फोन गरेर सोध्यो – तिम्रो एक रातको रेट कति हो ?

काठमाडौं ।

नायिका सुरक्षा पन्तले आफूमाथि भएका यौ’ ‘नज’न्य दु’व्र्य’वहा’रको विषयमा खुलेर बोलेकी छन् । एक टेलिभिजन कार्यक्रममा उनले सानैदेखि दु’व्र्य’व’हा’रको शि’कार बनेको र चलचित्र क्षेत्रमा आएपछि समेत त्यो जारी रहेको बताइन् ।

एक टेलिभिजन कार्यक्रममा सुरक्षाले भनिन्, ‘हामी पनि सानैदेखि ह्या’रेस’मे’न्टको पार्ट भइरहेकै हो । सानोतिनो घटना भइरहेका हुन्छन् ।’ उनले एउटा घटना सुनाइन्, ‘अलि सानो छँदा बाटोमा हिँडिरहेको थिएँ । बाइकमा आएका दुईजना केटाले मेरो छातिमा हात राखेर स्वाट्ट भागे ।’

सुरक्षाले आफ्ना सिनियर दाइहरुले पाठ सिकाउने बहानामा नजिक हुन खोजेकोदेखि कक्षाकोठामा शिक्षकबाट ‘ब्याड टच’ को शि’कार भएका अनुभवहरु सेयर गरिन् । सिनेमा क्षेत्रमा आउँदा पनि विभिन्न किसिमले दु’व्र्य’वहा’र भोग्नुपरेको उनको भनाइ छ ।

‘सुरु–सुरुमा मलाई अपरिचित नम्बरबाट धेरै फोन आउँथे । अनि डाइरेक्ट तिम्रो ‘रेट’ कति हो ? एक रातको कति लिन्छौ ? जस्ता कुराहरु सोध्थे । म झसंग बन्थेँ ।’ उनले भनिन्, ‘के कुरा गरेको तपाईंले यस्तो भन्दा यो त नर्मल हो जसले पनि गर्छन्, भन्थे । त्यस्तो सुन्दा त यो पेशालाई लिएर नै म झसंग हुन्थेँ ।’

अहिले पनि म्युजिक भिडियोमा अभिनय गर्ने क्रममा असहज परिस्थितिको सामना गर्नुपर्ने सुरक्षाले उल्लेख गरिन् । खासगरि, अभिनयभन्दा बाहिरको ब्याकग्राउन्डबाट आएकाहरुसँग अ’न्तरं’ग दृश्य सुटिङ गर्दा अनकम्फर्टेबल फिल हुने गरेको उनले बताइन् ।

‘विदेशमा बस्नुभएकाहरु नन एक्टर्सहरु धेरैले फिल्म वा म्युजिक भिडियो खेल्न प्रस्ताव गर्नुहुन्छ । तर उहाँहरुसँग अभिनय गर्दा धेरै असहजता महसुस गर्ने गरेकी छु । सं’वेद’नशी’ल दृष्यहरु, जस्तो बेड सि’न, कि’स सि’न, इ’न्टिमे’ट सिनहरु सुटिङ गर्दा उहाँहरुले नजानेर हो वा नियतवस हो गलत तरिकाले प्रिजेन्ट हुनुहुन्छ ।

 

नोट – यो अन्तर्वार्ता केहि समय अगाडिको थियो