के प्रकाश सपुतले यी प्रश्नको जवाफ दिन सक्नेछन ?

पृय कलाकार प्रकाश सपूत जि तँपाइको गित र गायन शैली र सबैलाई मनपर्ने ढङ्गले समाजको चित्रन गर्ने अतभुत कलाको म पनि फ्यान थिए। तर तँपाइको यश पटकको प्रस्तुतीका बारेमा
१) पानी खान पनि ठुला जाती भन्नेहरुवाट अनुमती लिनुपर्ने अबस्था माट माओवादी जनयुद्धले हटाएको बिषय खै?
२)दलित परिवारका कलिला छोरीहरु बलत्कार गरेर कानुनकै संरक्षणमा समाजमा छात्ती फुल्लायर हिड्नेहरुको जनयुद्धकारीले भाँटे कारवाही गरेको बिषय कहाँ राख्नुभयो ??
३)तँपाइको समुदायका हरेकले घरमै गयर कपडा/जुत्ता सिलाउन कयौ दिन बस्दा १ माना चामाल र अपमानीत ब्यबार लियर घर फर्कनुपर्ने अबस्थाको अन्त्य कसले गर्यो??
४)फलामका भाँडा बनाउने हरुलाई गरियको श्रम शोसणका बिरुद्धमा बिद्रोह गर्न कस्ले सिकायको हो???
यी सबै माथी उल्लेखित बिषय सबै माओवादी जनयुद्धले स्थापित गरेको हैन सपूत जि??
एकपक्षिय ढङ्गवाट देखाइयका तपाईं का काँटछाँट भिडियोले तपाईं कुनै मिसनमा लाग्नुभयको छ बिषय प्रमाणित हुदैन र????चुनावको नजिक यस्तो बिषय आउनुलाई अझै गम्भीर बुझियको छ ।
कृपया तपाईं जुन आश्था र बिचार समर्थन राख्नुहोस त्यो खुल्ला छ तर तपाईं र तँपाइका समुदायका अधिकार स्थापित गर्नका लागि छातीमा तातो गोली थापेर (हिड्न तयार भयका/हिडेका) जनयुद्धका लडाकुका भावानाका बिरुद्धमा कम्तीमा तँपाइजत्तिको छवि बनाउनुभयको कलाकारले चाहिँ नबोलिदिनुहुनुभय राम्रो हुन्थ्यो कि????
सुझाव:जनयुद्धमा लाग्नुभयका कार्यकर्ताको संराक्षणमा माओवादी लगायत जनयुद्धकालिन समयमा नेतृत्वकारी भुमिका निभाउनुभयका नेताहरुको ढङ्ग नपुगेको कुरा आंसिक सत्य हो । तर तँपाइले भनेजस्तो जनयुद्धमा लागेर अङ्ग भङ्ग हुनुभयका हाम्रा नेपाल आमाका चेलीहरु बैचारिक रुपमा स्पस्ट र धारीला छ्न कम्तिमा तिनिहरु देह ब्यपारमा लागेका छन भनेजसरी देखाउन खोज्नुभयको बिषय बहुपक्षिय ढङ्गवाट हेरेर,युवटुवमा भावानामा बहकायर viewer बढाउने ढङ्गले मात्र नसोची, सकारात्मक नकारात्मक दुबै पाटोलाई केलायर अहिले तँपाइले हाल्नुभयका बिषय हटाई समग्र बिषय समेट्दै इतिहासको सम्मानमा लाग्नुभय स्वत् तँपाइको गरिमा बढ्नेछ अन्यथा तँपाइलाई नेपाली समाजको एउटा महत्वपुर्ण तप्काले राष्टृय कलाकारको दर्जाबाट तल झार्नेछन । (सुलभ अंगाई
सचिव
अखिल क्रान्तिकारी गाेरखा ।)