प्रकाश सपुतलाई ‘पिर’ गीत हटाउन अध्यक्ष सिंहको चेतावनी

काठमाडौँ। अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले गायक प्रकाश सपुतलाई हालै सार्वजनिक गीत ‘पीर’ युट्युवबाट हटाउन अनुरोध गरेकी छन्।

गायक सपुतको शब्द, संगीत र स्वरमा तयार पारिएको गीत ‘पिर’ मा जनयुद्धको कथाको हवाला दिएर महिला लडाकुलाई हेद ब्यापार गर्ने पात्रका रुपमा चित्रण गरिएको र जनयुद्धमाथि प्रहार गरिएको भन्दै उक्त आग्रह गरेकी हुन्।

शनिबार सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छन्, ‘महान जनयुद्धको कारण केही थान मन्त्रीहरु ,माननियहरु र टाठा बाठाहरुको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको ब्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रुपमा छ। सहिद परिवार बेपत्ता परिवार ,पुर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको ब्यवस्थापनमा नेतृत्व बेखवर भने छैन ।कतिपय प्रयत्न हरु सफल हुन सकेका छैनन्। ब्यवस्थापनमा केही नभएको भन्ने पनि होेइन विभिन्न तहमा प्रयत्नहरु भइरहेका पनि छन्।’

उनले अगाडि लेखेकी छन्, ‘तर ब्यवस्थापन हुन नसकेका जटिलताहरु देखाएर जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरि प्रकाश सपूतजिले युटुवमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ। जनयुद्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३५ प्रतिशत महिला सहभागीता सुनिश्चित भएको कुरा प्रकाश जि तपाईंलाई बुझाईरहन पर्ने हो। जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातिय विभेद बिरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयो ।तिनै दिदिबहिनीहरु माथि अपमान हुने गरि बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफि मागेर तत्काल युटुवबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु।’