बलिउड भित्रको कालो कर्तुत सुनाउँदै सुन्दर अभिनेत्री नोरा फतेही , कास्टिङ डाइरेक्टरले मलाई घर बोलाएर गरे…….

सबैजना ग्ल्यामर्सको पछि दौडि रहेका छन् । तर कहिलेकाहीं तिनीहरूले यस्तो कठिनाइहरूको सामना गर्नुपर्छ कि तिनीहरू नराम्ररी टुट्ने गर्छन् । चर्चित अभिनेत्री तथा डान्सर नोरा फतेहीसँग पनि यस्तै घटना भएको छ । जसको बारेमा उनले खुलेर कुरा गरेकि छिन् । जहाँ नोराले कास्टिङ काउचको सामना गर्नु परेन तर उनको साथमा केही फरक घटना भएको थियो ।

आज हामी तपाईलाई नोरा फतेहीलाई के भयो भन्ने बारेमा बताउन गइरहेका छौँ । नोरा फतेहीले अभिनेत्री करीना कपुरको चर्चित च्याट शो ‘ह्वाट वुमन वान्ट’ मा यो खुलासा गरेकी हुन् । यस च्याट शोमा नोराले आफ्नो करियरसँग जोडिएका धेरै कुराहरु बताएकी छिन् । एकपटक कास्टिङ डाइरेक्टरले उनलाई घरमा बोलाएर धेरै गाली गरेको पनि बताईन् ।

उनको गाली सुनेर नोराले भारत छोड्न लागेकी थिइन्, किनभने त्यो गालीले उनलाई धेरै दुःख दिएको थियो । जब नोरा फतेही आफ्नो करियर बनाउन पहिलो पटक भारत आएकी थिइन्, उनले कसैलाई चिन्दिन थिईन् । त्यसपछि केही महिनापछि उनले कास्टिङ डाइरेक्टर लाई भेटिन् । यो भेट राम्रो थिएन । नोराले कास्टिङ लेडी डाइरेक्टर लाई भारत आएको केही महिनापछि भेटेकी थिइन् ।

नोराले थप भनिन् – त्यो समयमा मलाई धेरै नराम्रो लाग्यो र म धेरै रोए । नोरालाई उनले आफ्नै घरमा बोलाइन् । उनलाई चिनेकी पनि थिइनन् । नोरा भन्छिन्– उनले मलाई आफ्नो घरमा निम्तो दिएकी थिइन । नोरा भारतमा नयाँ थिईन् । उनले सोचेकी पनि थिईनन् कि यहाँ सबैले यति रुखो ब्यवहार गर्छन् भनेर । मानिसहरूलाई घरमा बोलाएर उनीहरूलाई चिच्याउने हप्काउने कुरा उनले कल्पना समेत गरेकी थिईनन् । अभिनेत्री नोरा फतेहीको कामको कुरा गर्नु पर्दा उनले ‘सत्यमेव जयते’ को ‘दिलबर-दिलबर’ गीतबाट पहिचान पाएकी थिइन् ।

त्यसपछि उनले चलचित्र ‘स्त्री’ को ‘कमरिया’ र चलचित्र ‘बाटला हाउस’ को ‘ओ साकी साकी’ गीतबाट पनि धूम मचाएकि थिईन् । यति धेरै हिट गीत दिएपछि उनी चर्चित भइन् । त्यसपछि उनले ‘भारत’, ‘स्ट्रीट डान्सर थ्रीडी’ र ‘भुज’मा आफ्नो अभिनयबाट मानिसहरूलाई मनोरञ्जन दिईन् । अहिले उनले पछाडी फर्केर हेर्नु परेको छैन ।