राज कुन्द्रा काण्डमा जोडिएकी अभिनेत्री पुनम पाण्डेले रुदै पोखीन् पीडा, भन्छिन् – पति सैम बम्बेले कुकुरले झैं पिट्थ्यो , खान पनि दिदैन थियो

पूनम पाण्डे कंगना रनौतको शो लकअपमा सहभागी भएकी छिन् । उनी प्रतियोगीका रुपमा राम्रो खेलिरहेकी छिन् । यस क्रममा पूनमले आफ्नो पर्सनल लाइफको बारेमा धेरै कुरा खुलासा गरेकी छिन् । उनले आफ्नो बाल्यकाल र पति साम बम्बेको बारेमा पनि धेरै खुलासा गरेकी हुन् । उनले साम बम्बेसँग कसरी बन्धनमा बाँधिएकी थिईन् भनेर पनि बताएकि हुन् ।

पूनमले बताइन् – मलाई मेरो पति सैमले कुकुरले जस्तै कुट्ने गर्थे । उनको मनमा पटकपटक आत्महत्या गर्ने सोच पनि आएको उनले बताईन् । अभिनेत्रीले भनिन्– यो जेल, यो खाना र मेरो निन्द्रा मेरो लागि विलासिता भन्दा कम छैन । म चार वर्षसम्म सम्बन्धमा थिएँ । तर ती चार वर्षमा म कहिल्यै सुत्न सकिनँ । मैले कहिल्यै खान सकिन धेरै दिन त मैले खाइनँ पनि । मलाई सधै उनले पिट्ने गर्थे म मेरो सुत्ने कोठामा ढोका थुनेर ।

कसैलाई फोन गर्न नसक्ने गरी मेरो फोन बिगारिएको थियो । म सोच्थे कि म आफैले आफैलाई मारिदिउ कि जस्तो । यसअघि पनि धेरै पटक आत्महत्या गर्ने प्रयास गरेको छु । कुकुरलाई जस्तै पिट्थ्यो अनि ब्यवहार पनि त्यस्तै गथ्र्याै । अभिनेत्रीले थप भनिन्– ‘म जिउँदै छु, यो मेरो लागि ठूलो कुरा हो । म तिमीसँगै बसेको छु, यो मेरो लागि ठूलो कुरा हो। तर म अहिले यी सबै कुराहरूबाट मुक्त भएकोमा खुसी छु ।