बलिउड अभिनेता अक्षय कुमारको परिवार शोकमा डुब्यो , परिवारका एक सदस्यको निधनमा अक्षयले लेखे यस्तो भावुक नोट

बलिउडका खेलाडी नामले परिचित अभिनेता अक्षय कुमार सामाजिक सञ्जाल प्रयोगमा एकदमै सक्रिय रहेका छन् । उनी आफ्नो ब्यत्तिगत र ब्यवसायिक जिवनका कुराहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुका लागि जानकारी दिईरहेका हुन्छन् । हालै उनी तथा उनको परिवार शोकमा डुबेको छ । उनको घरको परिवारको एक सदस्यको निधन भएको छ ।

उक्त सदस्य क्लियो नामको कुकुर रहेको छ । उनले आफ्नो इन्स्टाग्राममा एउटा दुखद खबर शेयर गर्दै आफ्नो कुकुर क्लियोको मृत्युमा शोक व्यक्त गरेका छन् । अभिनेताले मंगलबार बिहान आफ्नो इन्स्टाग्राममा आफ्नो कुकुरसँगको पुरानो तस्विर शेयर गर्दै कुकुरको सम्झना गरेका छन् । उनले कुकुरको निधनमा एक नोट समेत शेयर गरेका छन् ।

उनले शेयर गरेको थ्रोब्याक तस्विरमा, अक्षय कुमार र उनकी पत्नी ट्विंकल खन्ना आफ्नो कुकुरलाई माया गरिरहेको देखिएको छ । यो मनमोहक तस्विर इन्स्टाग्राममा सेयर गर्दै अभिनेताले क्याप्सन लेखेका छन्– कुकुरले हाम्रो मुटुमा आफ्नो खुट्टाको छाप छोडिदिन्छन् । आज तिमिले हाम्रो मुटुको एक भाग लिएर गयौ । त्यहाँ आराम गर्नुहोस्, क्लियो।

तपाईलाई धेरै मिस गरिनेछ । त्यस्तै ट्विंकल खन्नाले आफ्नो इन्स्टाग्राममा डग्गी क्लियोको सम्झनामा पुरानो भिडियो र तस्बिरहरू पनि सेयर गरेकी छिन्, जसमा उनी आफ्नो कुकुरलाई माया गरिरहेको देखिन्छिन् । उनीहरुले शेयर गरेको भिडियो तथा फोटोमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि शोक ब्यक्त गरेका छन् ।