ग्रेटर रुश्मूर नेपाली कम्म्युनीटी (जी आर यन सी) ले अन्तर्राष्ट्रिय नारी दिवस मनाए

ग्रेटर रुश्मूर नेपाली कम्म्युनीटीले यही मार्च ५ शनिबार २०२२ मा बिहान ११ बजे देखि ३ बजेर ४० मिनेट जाँदा सम्म अन्तरास्ट्रिय नारी दिवस भव्यताका साथ मनाए ।
कार्यक्रम ११ बजे संस्थाका सचिब डा बिशाल गुरुङले हेल्थ एंड सफेटीबाट सुरु गरि स्वागत गरेको थियो भने संस्थाका अध्येछे मन गुरुङ ज्यु ले बिसेष अतिथि मेयर अफ रुश्मोर काउन्सिलर ब्रुष थोमस र मेयेरेस लाई खादा र फुलको गुच्छाले स्वागत गरे पछि अध्यक्ष्य गुरुङ, मेयर थोमस, मेयरेस ट्रेसी र संयोजक सुष्मा गुरुंगले पानसमा बत्ति बालि कार्यक्रम को उद्घाटन गर्नु भएको थियो।

उक्त कार्यक्रमको प्रमुख अतिथि माइति नेपालका अध्यक्ष्य तथा सी यन यन हिरो अवार्ड २०१० विजेता अनुराधा कोइराला, बिसेष अतिथि मेयर अफ रश्मूर काउन्सिलर ब्रुष थोमस , नेपाल एम्बस्सी लण्डनको डी सी यम रोशन खनालले गर्नु भएको थियो । त्यसै गरि अतिथिहरुमा रुश्मूर बोरोका काउन्सिलरहरु अबुल चौधरी, जीव बेलबासे र नेम थापा, एसियन महिला येसोसियसनका अध्यक्ष्य बिभा गुरुङ, तमुधीयेसोसियनका अध्यक्ष्य हितकाजी गुरुङ, किरात राइ यायोक्खा यु के का अध्यछ चन्द्र राइ, पत्रकार महासंघ यु के का अध्यछ ध्रुब अर्याल, गोर्खा जिल्ला गुरुङ समाज यु के का उपध्यक्ष मिन कुमार गुरुङ, गोर्खाली समाज यु के का अध्यक्ष कर्ण दर्लामी मगर, मगर संग यु के रुश्मूर ब्रान्चका अध्यक्ष्य हेमा राना लगाएत विभिन्न संघ तथा संस्थाका अध्यक्ष्य , महिला नेतृत्वहरु आदि उपस्थित हुनु हुन्थियो।

जि आर एन सी का महीला उपाध्यक्ष लिला सेलिइ्ग माबोद्वारा स्वागत मन्तव्यका साथै कविता वाचन सुनिएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि , बिसेष अतिथिहरुले सुभ कामना मन्तब्य राख्नु भएको थियो भने प्रमुख अतिथि अनुराधा कोइराला ज्यु ले संघर्स तथा मानब बेच बिखन, घरुलु हिंसाको बारेमा करिब ५० मिनेट बोल्नु भएको थियो। प्रश्न उत्तर पनि राखेको थियो।साथै मर्यादित महिनावारीको बारेमा जानकारी दिन नेपाल बाटै राधा पौडेल जीको पनि उपस्थिति थियो ।

सो कार्यक्रममा रश्मूरमा रहेका विभिन्न संघ संस्थाहरु कार्यरत हाम्रा नेपाली महिलाहरु जसले हाम्रो नेपाली समाजको मद्धतको लागि योगदान दिदै आउनु भएको छ उहाहरुको उपस्थिति थियो र उहाहरुले आ आफ्नो क्षेत्रको बारेमा एकदमै जानकारी मुलक प्रस्तुति दिनु भएको थियो । सिटिजन एडभाइस रश्मूरबाट घरेलु हिंसा को बारेमा अलिजा गुरुङ, घृणा अपराधको बारेमा अनुशा गुरुङ ले जानकारी दिनु भएको थियो भेन हाउजिंग बेनिफिटको बारेमा रश्मूर बोरो काउन्सिलका मधु गुरुङ जी ले बोल्नु भएको थियो । साथ साथै द्रिष्टि नेपालका संस्थापक परिन लिम्बु जी ले आफ्नो एकदमै प्रेरणादायक कथा र भिडियो प्रस्तुत गर्नु भएको थियो भने सुशिला मगर ले जी पी सर्जरिमा हुने सोसीएल प्रसक्राइबरको बारेमा जानकारी दिनु भएको थियो । अन्तमा मानसिक स्वास्थ सेवामा कार्यरत सुष्मा गुरुङ जी को मानसिक स्वास्थ्यको बारेमा जानकारीमुलक प्रस्तुति पछि अध्यक्ष्य मान गुरुङ जी ले धन्यवादको मन्तब्य दिनुहुँदै कार्यक्रम समापन गर्नुभएको थियो ।

उक्त कार्यक्रम निसुल्क प्रवेश गरेको थियो । उठेको रकम हामीहरुले मानब बेचबिखन, घरेलु हिंसा, एकल व्यक्ति, घरबार बिहिन बच्चा जस्ता महत्व पूर्ण काम गर्ने संस्था माइती नेपाल र युके को रुश्मूर मा पनि सहयोग गर्ने योजना छ।

यहाँहरुले ग्रेटर रुश्मूर नेपाली कम्मुनिटी फेसबुक पेजमा लाइभ रेकड हेर्न सक्नु हुनेछ भने जी अर यन सी को यु तु ब पेज मा छिट्टै प्रकाशन गर्ने छ।
स्मरण रहोस जी अर यन सी ले आइतबार १७ अप्रिल २०२२ मा नेपाली नयाबर्ष मनाउदै छ।