रेखा थापाले भनिन्, ‘आफूलाई सतीप्रथामै छौं कि जस्तो आभास’

काठमाडौं ।

अभिनेत्री रेखा थापाले नबालिग गायिकाको पक्षमा आफूले बोल्दा समाजबाट दु,त्कार सहनुपरेको गुनासो गरेकी छन् । यतिबेला आफूलाई स,तीप्रथामै छौं कि जस्तो आभास भएको उनले बताइन् ।महिला दिवसका सन्दर्भमा आयोजित एक सडक बहस कार्यक्रममा रेखाले बोलेकी थिइन् ।

उनले थपिन्, ‘त्यो नाबालिका हाम्रो समाजको दायित्व हो र उसलाई संरक्षण गर्नुपर्छ भन्दा मलाई ‘हार्दिक श्रद्धाञ्जली’ लेखियो । हामी त अझै स,तीप्रथामा छौं कि क्याहो जस्तो महुसस भयो मलाई त ।

महिलालाई तिमीहरू सहेर बस, तिमीहरू नै खराब भन्ने खालको सोच देखियो । जसलाई हिं,सा परेर बाहिर निस्केको हुन्छ, त्यै खराब भन्ने होला त ? चेतनाको स्तर कहिले बढ्छ हाम्रो ? महिलालाई श्रृंगारिक वस्तुको रूपमा मात्रै प्रस्तुत गरेर हुन्छ त ? हामी नडराउँ । म नेताको विरुद्धमा पनि जान सक्छु यदि गलत छ भने ।’