महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन भन्ने धारणालाई व्यवहार मा उतार्न हामीले पुरानो पितृसत्तामक शोच बदल्न जरुरि छ।

जानकी पन्त,

महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन भन्ने धारणालाई व्यवहार मा उतार्न हामीले पुरानो पितृसत्तामक शोच बदल्न जरुरि छ। हाम्रो परम्परागत संस्कृति र त्यसबाट प्रभावित जीवनपद्धति अनि सिक्ष्या र ज्ञानको अभाव साथै नारीलाई मात्र निहुराउने हाम्रो पुरानो परम्परा को कारण समाजमा महिलाहरु धेरै पिछडिएका छन्। यहाँ धेरै द्वन्द र अस्थिरता छ। नारि माथिको असमानता, बिभिन्नता, दमन, हिंसा, अन्याय र अत्याचार बिरुद्द आवाज उठाउनु हामी सबैको दायित्व हो।

गाउ गाउ र बस्ति बस्ति मा जहाँ सिक्ष्या र ज्ञान को अभाव छ त्यहाँ धेरै संख्यामा नारी हरु पिडित छन्। जुन परिवार शिक्षित छ त्यहाँ महिलाले कुण्ठिनु पर्दैन। त्यसैले नारीहरु लाइ पुरुष सरह को समान शिक्षा, रोजगार, अवसर र ईज्यत मिल्नु धेरै जरुरि छ। नारीलाई शिक्षित, शिप मुलक र उद्यमी बनाउन यहाँ सबैले आफ्ना छोरी चेलीलाई पढ़ाउन जरुरी छ। महिला यहाँ सशक्तिकरण नारामा मात्र हैन व्यवहारमा उतर्नु जरुरी छ। शिक्षाको आवश्यकता र महत्व माथि प्रकाश पार्न लाइ शिक्षित नारीहरुले यहाँ रचनात्मक विद्रोह गर्न जरुरी छ। एक नारीले यहाँ अर्को नारीलाई सम्मान गर्न जरुरि छ।

युगौदेखि पुरुषबादी समाजले महिला माथि गर्दै आएको अन्याय अत्याचारको यहाँ कुनै लेखजोखा छैन। यहाँ महिला उन्मुक्ति र ससक्तिकरणको लागि बाहिर ठुला भासण छोड्नेहरु, आफ्नै घर भित्र महिलालाई सोसण गरिरहेका छन। पुरुषबादी समाजमा नारीहरु पुरुषको समर्थन गर्न बाध्य भइ आफु माथि भएको अत्याचार सहेर हिंशा बढ्नलाइ प्रोत्साहन दिई रहेका हुन्छन। जबसम्म नारीहरु बन्दि घर पिंजडाबाट बाहिर निक्लन सक्दैनन् तबसम्म उनलाई स्वतन्त्रता मिल्दैन सोहि कारण बारम्बार अपमानित, सोषित, तिरस्कृत र बलात्कारित हुने गर्छन।

ब्यक्तिको असली सौन्दर्य उसको सफलता र प्रतिभा हो, यदि नारिहरु सौन्दर्यको मात्र पछि नलागी अरु महत्वपूर्ण काममा लाग्न सके, आपसमा खुट्टा तान्ने प्रबृती हटाइ एकले अर्को लाइ ईज्जत, सम्मान र सराहना गर्न सके, एकअर्का लाइ प्रोत्साहन गर्न, अघि बढ्न हौसला दिन सके। नारिहरु एक अर्काको बाधक नभई साधक बन्न सके, सबै चुनौतीलाई स्विकारी एकसाथ अघि , बढ्न सके, नारि विरुद्ध हुने सम्पूर्ण विभेदको अन्त्य हुनेछ। तब मात्र समतामुलक समाजको निर्माण हुनेछ।

पिछडिएका पीडित महिला हरु यहाँ पुरुषहरु बाट मात्र होइन महिलाहरु बाट पनि शोषित छन। एउटा नारी भएर अर्को नारीको मर्म बुझ्दैनन्, अन्य नारीको प्रेरणाको श्रोत बन्न सक्दैनन्, नारी माथी हुने अन्याय, अत्याचार र उत्पीड्न विरुद्ध लड्न र आवाज उठाउन सक्दैनन्। जबसम्म एउटा महिलाले अर्को महिलालाइ अपहेलित गर्न छोडदैनन, जबसम्म नारी नारी बिचमा आपसमा खुट्टा तान्ने प्रवृति हट्दैन, तबसम्म महिलाहरुले पुर्ण अधिकार पाउन सक्दैनन्।

नारीलाई शिक्षा, तालिम र अवसर दिएमा उनले जुन सुकै महत्वपूर्ण कार्य पनि गर्न सक्षम हुन्छन भन्ने तथ्य लाइ अनेकन नारी हरुले साबित गरिसकेका छन। महिलालाई हरेक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने सक्षम बनाउन, पिछडिएका महिलाहरु लाई आत्म स्वावलम्बी बनाउन जरुरि छ। परम्पराका नाममा दिनहु हुने महिला माथिको हिंसाको अन्त्य हुन् पुराना थोत्रा विचारका अवशेषहरु मन मस्तिष्क बाट पूर्णतः हटाउन जरुरि छ। नारीले आफैले पनि आफु भित्रको संकुचित मानसिकता बदल्न जरुरि छ। जय नारी ✊ #happywomensday #janakipantjoon #internationalwomensday
To be continued…