थपिएका केन्द्रिय सदस्यमा प्रचण्डकी पुत्री गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको नाम प्रस्ताव

काठमाडौं २३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थपिएको केन्द्रिय सदस्यमा आफ्नो छोरी ज्वाईको नाम समेत प्रस्ताव गरेका छन् ।

जारी केन्द्रिय समितिको बैठकमा ९७ जना केन्द्रिय सदस्य थप्ने प्रचण्ड पुत्री र ज्वाईको नाम परेको छ । प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ ९गंगाका पति० जीवन आचार्यसम्मलाई प्रस्ताव गरिएको छ।

यस अघि पनि अध्यक्ष प्रचण्डले छोरी रेणु दाहाल र बुहारी बिना मगरलाई केन्द्रीय सदस्य बनाइसकेका छन् ।

थपिने केन्द्रीय सदस्यमा विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने, रन्जित तामाङ रहेका छन् । भने अन्य तिलक भण्डारी, सुरेन्द्र बस्नेत, विजय गौतम, दीपक देवकोटा, पन्चा सिंह, उत्तम अधिकारीलगायत नेताहरुको नाम केन्द्रीय कमिटीमा थप गर्ने प्रस्ताव गरिएको छ ।