पल शाह प्रकरण : पीडित नाबालिगबारे अश्लिल स्टाट्स लेख्ने महर्जन पक्राउ

काठमाडौं। नायक पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिकाका बारेमा अश्लिल तस्बिर र स्टाटस लेख्ने व्यक्ति पक्राउ परेका छन्।

प्रहरीको साइबर ब्यूरोले ललितपुर महानगरपालिका-२९ बस्ने २९ वर्षीय विकास महर्जनलाई पक्राउ गरेको हो।महर्जनले पीडितबारे अश्लिल तस्बिरसमेत प्रकाशित गरेका थिए।

आरोपीले फेसबुकमा उक्त सामग्री प्रकाशित गरेको ब्यूरोले जनाएको छ। आइतबार पक्राउ परेका विकासलाई अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ।