मलाई हाँसेको हेर्न चाहन्थे भन्दै भाबुक बनिन सिद्धार्थ शुक्लाकी प्रेमिका शहनाज

काठमाडौं- सिद्धार्थ शुक्लाकी प्रेमिका शहनाज सिद्धार्थ सधैँ आफुलाई हाँसेको हेर्न चाहेको बताएकी छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीले भर्खरै सुरु गरेको नयाँ शो ‘शेप अफ यू’ को प्रोमो मा अतिथिको रूपमा देखिएकी उनले यस्तो बताएकी हुन । शोमा उनले पहिलो पटक आफ्नो फिटनेसको बारेमा कुरा गरिरहेको देख्न सकिन्छ ।

त्यसपछि उनले सिद्धार्थ शुक्लाको बारेमा कुरा गरेकी छन् । सिद्धार्थको मृत्युपछि  लामो समयसम्म लाइमलाइटबाट टाढा रहेकी उनी बिस्तारै अगाडि बढिरहेकी छिन् । यससँगै शहनाज अहिले सार्वजनिक स्थलमा पनि देखिन थालेकी छिन् ।

यसअघि शहनाज ‘बिग बोस १५’ मा देखिएकी थिइन्, जहाँ उनी सिद्धार्थको बारेमा कुरा गर्दै रोएकी थिइन् । यो शो मार्फत शिल्पाले सबै सेलिब्रेटीसँग मानसिक स्वास्थ्यका बारेमा कुरा गर्ने छिन् ।४० वर्षको उमेरमा सिद्धार्थको केही समयअघि हृदयघातका कारण निधन भएको थियो । सिद्धार्थ अन्तिम पटक रियालिटी शो बिग बोस ओटीटी र डान्स दिवानेमा देखिएका थिए।