बालकलाकार सुप्रिम मल्लको आवाजमा ‘फोटो फिरिममा चाईल्ड भर्सन’को भिडियो सार्वजनिक

काठमाडौ । चर्चित गीत फोटो फिरिमको चाइल्ड ९बाल० भर्सन सार्वजनिक भएको छ । कलाकार तथा सञ्चारकर्मी शिशिर भण्डारीको शब्द सृजना रहेको गीतलाई वाल गायक सुप्रिम मल्ल ठकुरिले गाउनु भएको छ । साथै गीतमा दिनेश गौतमको पनि आवाज रहेको छ । भण्डारीकै संगीत रहेको गीतमा कुशल सिंहको संगीत संयोजन रहेको छ । यस अघि प्रताप दाश र रचना रिमालको आवाजमा सार्वजनिक भएको यो गीतले धेरै चर्चा बटुल्न सफल रहेको थियो । शिशिरकै निर्देशन र कथा रहेको भिडियोमा असिम भण्डारी, शिशिर भण्डारी, आशमा गिरि, रिनेक्स बस्नेत, दिपेन्द्र सोनाम र श्रद्धा गौतमको अभिनय देख्न सकिन्छ ।

भिडियोमा पारिवारिक कलह र झगडाले बालबालिकामा पर्ने असर देखाउन खोजिएको छ । बुबा आमा बिचको तिक्तताले एउटा बालक, उस्को बाल मस्तिष्कमा पर्ने असर र त्यो झगडाले निम्त्याउने दुर्घटनालाई भिडियो मार्फत देखाउन खोजिएको निर्देशक भण्डारी बताउनु हुन्छ । साथै भिडियोमा दुई फरक उमेर समुहको मित्रता समेत देखाउन खोजिएको छ । यस अघि आएका अन्य चाइल्ड भर्सन गीतका भिडियोहरु स्टुडियोमा मात्र सीमित भएकाले फरक सन्देशमूलक कथा बस्तु सहित यस गीतलाई सार्वजनिक गरिएको हो । गीतका शब्दमा माया प्रेम, प्रेमी प्रेमिकाका कुराहरू लेखिएतापनि यही शब्दबाट नयाँ कथा र सन्देश दिन सकिन्छ भन्ने उदाहरण दिन चाहेको उहाँको भनाइ रहेको छ । भिडियोलाई ज्ञानेन्द्र शर्माले खिच्नु भएको छ भने, दिनेश शाहले सम्पादन गर्नुभएको छ । शुक्रबार सार्वजनिक भएको भिडियोले युट्युवमा ट्रेन्डिङको ४ औं स्थान ओगट्न सफल भएको छ । भिडियो हेर्नुस