पालुङ्टार नगरपालिका वडा नम्बर ४ मा वाइसीएलको कमिटी विस्तार

फागुन-२२, काठमाडौं । योङ कम्युनिस्ट लिग नेपाल (वाइसीएल) को पालुङ्टार नगरपालिकाको कमिटी विस्तार भएको छ । पालुङ्टार नगरपालिकाको वडा नम्बर ४ मा हिजो कमिटी गठन भएको हो । उक्त कमिटीमा अध्यक्षको जिम्मेवारी चिजा तामाङलाई दिइएको छ । त्यसै गरि उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिवमा सन्देश देवकोटा लगायत २५ सदस्य समिती चयन भएका छन् । उक्त कमिटी गठनको लागि प्रमुख अतिथिमा खोपबहादुर कँडेल, विशेष अतिथिमा मदन देवकोटा लगायत अतिथिमा पालुङ्टारका बुद्धिजीवी र अन्य स्थानीय नेताहरुलाई उपस्थित थिए ।
मदन देवकोटाले आफ्नो मन्तव्य राख्दै गर्दा, ‘यूवा भोलिको खम्बा होइन आजको हाम्रो देशको साझेदार हो । youth are the patner’s of today । जबसम्म युवा नेतृत्व आउँन सक्दैन तबसम्म देश विकास हुनसक्दैन । त्यसैले युवाहरु राजनीतिमा आउँनु जरुरत छ ।’ भन्नुभएको थियो । आफ्नो मन्तव्य दिँदै गर्दा देवकोटाले हिजोको माओवादी र आजको माओवादीको फरक के छ भनेर चर्चा पनि गर्नु भयो । जनयुद्धपछि सरकारमा आएर माओवदीले नेतृत्व गरेको हाम्रो समाज र अन्य दलहरुले नेतृत्व गरेको हाम्रो समाजमा के कस्ता फरक छन् त्यस बिषयमा पनि आफ्नो स्पष्ट धारणा राख्नु भयो । युवाले किन राजनीति गर्ने ? युवामा राजनीति चेत किन आवश्यक छ ? राजनीति अध्ययन किन आवश्यक छ ? माओवादी पार्टी र अन्य पार्टीमा के फरक छ ? यता थुप्रै विषयमा आफ्नो मन्तव्य राख्नु भयो । आफ्नो मन्तव्यको अन्त्यमा आएर, ‘कर्मशिल र सिर्जनाशिल युवाले नै देशमा क्रान्तिकारी परिवर्तन ल्याउने सक्छ । अबको नयाँ युगको कार्ल मार्क्स यही पालुङ्टारमा जन्मेको छ । लालसलाम” भन्नुभयो ।
त्यसै गरि हिजैको दिन पालुङ्टार नगरपालिका वडा नम्बर ४ मा दलित संगठन पनि गठन भयो । उक्त कमिटीमा अध्यक्षको जिम्मेवारी ठाकुर सुनारलाई दिइएको छ । त्यसै गरि उपाध्यक्ष राम्जी परियार, सचिव रामबहादुर सुनार लगायत १५ जना समिति चयन गरिको छ ।