शुक्रबारबाट रिलिज भएको अमिताभ बच्चनको ‘झुण्ड’ पहिलो दिन मै झुर फिल्म बन्यो,गरेन खासै आम्दानी

बलिउडका महानायक तथा सदावहार अभिनेता अमिताभ बच्चनको मुख्य भूमिका रहेको फिल्म ‘झुण्ड’ प्रदर्शनमा आएको छ । प्रर्दशन भएको पहिलो दिन फिल्मले बक्स अफिसमा खासै कमाल देखाउन सकेन्। पहिलो दिन यस फिल्मले १ करोड ५० लाख भारतीय रुपैयाँको आम्दानी गरेको छ।

शुक्रबार रिलिज भएको फिल्मले पहिलो दिनमा यसको आम्दानी उत्साहजनक अवस्था देखाएन । सडक गल्लीमा भौतारेर हिडिरहेका केही ब्यक्तिहरुको झुण्ड लाई अमिताभ बच्चनले काबिल खेलाडी बनाएको यस फिल्मको मुख्य कथा वस्तु रहेको छ । बायोग्राफिक स्पोर्टस् विधामा रहेको यो फिल्मलाई दर्शक र समिक्षकहरुले राम्रो प्रतिक्रिया दिएका छन्।

तर, फिल्मको व्यापार भने सन्तोष जनक छैन । फिल्मले पहिलो साता भित्रमा ग्रस कलेक्सन राम्रै गर्ने आश गरिएको छ। नागराज मञ्जुलेको निर्देशनमा बनेको यो फिल्ममा अमिताभसँगै रिन्कु राजगुरु, आकाश थोसार, भिक्की कदैन लगायतका कलाकारको अभिनय रहेको छ। फिल्म एकदमै रोचक र शिक्षामुलक रहेको छ ।