पलको साथ नपाए पनि प्रेमीले दिए देश दौडाहामा पूजालाई साथ

काठमाडौँ । अभिनेता पल शहको साथ विषम परिस्थितिले प्रमोसनका लागि नायिका पूजा शर्माले नपाए पनि उनले प्रेमी युद्ध बानियाको साथ भने प्रमोसनको समयमा पनि पाउन थालेकी छिन् ।

सहकर्मी नायक पल हिरासतमा बसिरहेको समयमा भेट गर्न दमौली प्रहरी कार्यालय पुगेकी पूजा त्यतैबाट फिल्म ‘म यस्तो गीत गाउँछु २’ को माहोल बुझ्न देश दौडाहामा निस्किएकी छिन् । पोखरा, हेटौंडा र चितवन हुँदै उनी विरगञ्ज पुगेकी पूजाको साथमा यतिबेला सोही फिल्मका हिरो पल नभए पनि पूजाका प्रेमी युद्धले उनको साथ छाडेका छैनन् ।

पूजाको साथमा निर्देशक सुदर्शन थापा, कलाकार गणेश गिरी, शोभित बस्नेतसँगै प्रेमी युद्ध बानियाँ पनि छन् । युद्ध र पूजाको प्रेम सम्बन्धको चर्चा चल्न थालेको लामै समय भइसकेको छ ।

तर, उनीहरुले खुलेरै प्रेम सम्बन्ध भने अझै स्वीकार भने सार्वजनिक रुपमा गरेका भने छैनन् । टौंडाबासी युद्ध गहुँगोरो अनुहार र खाइलाग्दो ज्यानका युद्ध फिल्मी हिरोभन्दा कम छैनन् ।

झट्ट हेदा आकाश श्रेष्ठ जस्तो देखिने युद्धसँग पूजाको भेट पूजाकै दिदीहरुको माध्यमबाट चिनजान भएको बताइन्छ । सुरु सुरुमा युद्धको कुरा गर्दा लजाउने पूजा अहिले भने विस्तारै विस्तारै मिडियामा पनि खुल्न थालेकी छन् । यसअघि पूजाको नाम अभिनेता आकाश श्रेष्ठसँग जोडिदै आएको थियो ।