चुनावमा पहिलो कांग्रेस, दोस्रो हामी हुन्छौं- प्रचण्ड

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा कांग्रेस पहिलो र दोस्रोमा माओवादी हुने बताएका छन् ।

Sanima Bank
morang Auto yamaha

शुक्रवारबाट काठमाडौंमा शुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रयास एक नम्बर नै हुने भन्ने भए पनि अहिलेको स्थितिमा पहिलो भन्ने मनोगत मात्रै हुने बताएका हुन् ।

‘अहिलेको स्थितिमा पहिलो भन्नेचाहिँ मनोगत नै हो । तर, भूमिका चाहिँ पहिलो नै हो,’ उनले भने, ‘उम्मेदवार चयनदेखि भौतिक तयारी गर्ने हो भने हामी दोस्रो हुन्छौं ।’

समग्र देशको राजनीतिमा आफूहरू निर्णायक हुने उनको भनाइ छ । ‘हामीसँग एक दम समय कम छ, अब चुनाव आउन दुई महिना १० दिन मात्रै छ,’ उनले भने, ‘युद्धस्तरमा काम नगर्ने हो भने अप्ठ्यारो स्थिति आउन सक्छ, कांग्रेस र एमाले हाम्रा चुनौती हुन् ।’