पूजा शर्माले पल प्रकरण बारे कुरा फेरिन

लकडाउनको समयमा एक कार्यक्रममा प्रस्तोताले अभिनेत्री पूजा शर्मालाई लक्षित गरेर श’री’रिक बनावटमाथि प्रश्न उठाएपछि उनले प्रहरी कार्यालयदेखि फिल्म सम्बन्धि विभिन्न संघ-संस्थाहरुमा पुगेर कारवाहीको माग गर्दै ‘ह्या’रेस’मे’न्ट गर्नका लागि कर णी नै गर्नुपर्दैन, बोली नै काफी हुन्छ’ भन्दै गहन अभिव्यक्ति दिएकी थिइन् । त्यसबेला उनको पक्षमा सिंगो फिल्म क्षेत्र उभिएको थियो ।

यतिबेला, उनै पूजाले कर णीको आरोप लागेका नायक पल शाहको बचाउमा उत्रिएर ब’ला’त्का’रको परिभाषा नै नबुझेको भन्दै यूट्युबहरुमा अन्तर्वार्ता दिएकी छन् । मंगलवार फिल्म ‘म यस्तो गीत गाउँछु २’ को माहोल बुझ्न राजधानीका विभिन्न हलहरु पुग्ने क्रममा उनले पललाई निर्दोष देखाउँदै भनेकी थिइन्, ‘कुन र केलाई ब’ला’त्का’र भन्छ, मैले बुझ्नै सकेको छैन । अब बल्ल बुझ्दैछु ।’

उनले पलविरुद्ध जाहेरी दिएकी नाबालिगको च’रित्रमा’थि पनि प्रश्न उठाएकी थिइन् । नाबालिगले त्यस्तो (शा’री’रि’क स’म्ब’न्ध) गर्नुअघि आफ्नो उमेरको बारेमा सोच्नुपर्ने तर्क राख्दै पलले कपडा च्या’ते’र ज’ब’र्ज’स्ती गरेको भन्ने कुरा आफूले प’त्याउन नसकेको बताएकी थिइन् । उनको यो अभिव्यक्तिको यतिबेला चौतर्फी आ’लोचना भइरहेको छ । धेरैले उनको चेतनास्तरमाथि प्रश्न उठाएका छन् ।

आफ्नो अभिव्यक्ति आफैंलाई भा’री परेपछि बिहीवार पोखरामा पत्रकार भेटघाटको क्रममा उनले आफ्नो बोली सच्याएकी छन् । उनले कानुनका बुँदाहरुको बारेमा आफू अपडेट नभइसकेको बताउँदै आफूले अझै बुझ्न आवश्यक रहेको बताइन् । तर, आफ्नो भनाईको आशय गलत नभएपनि हलहरुमा जाने क्रममा प्रेसर (तनाव) ले गर्दा बोलीमा तलमाथि भएको हुनसक्ने उनी बताउँछिन् ।

उनले भनेकी छन्, ‘मैले पढ्दै आएको र समाजमा देख्दै आइरहेको चिजहरुसँग कानुनको बुँदाहरु हेर्दा अझै धेरै चिजहरु बुझ्न र अपडेट हुन बाँकी रहेछ भनेर राम्रो हिसाबमा भनेको थिएँ । यो कुरामा अझै ज्ञान लिनुपर्ने रहेछ, मैले अझै बुझेको रहेनछु भन्ने मेरो आशय थियो । म हल-हलमा जाँदा रसमा थिएँ, त्यसैले छोटो कुरा बोल्दा कुन चाहिँ हिसाबले बोलेको हो भन्ने धेरैलाई लाग्न गएछ ।’

आफ्नो अभिव्यक्तिलाई लिएर भइरहेको आलोचनालाई भने उनले सकारात्मक रुपमा लिएकी छन् । ‘मैले भनेको कुरालाई कसरी बुझ्ने र लिने भन्ने आ-आफ्नो सोचाइ हो । सही वा गलत भन्न पाउने अधिकार सबैलाई छ । मैले मात्र कानुनमा हुने परिवर्तनबारे सबै अपडेट हुनुपर्ने रहेछ र म आफू पनि अपडेट नभएकाले बलात्कारको परिभाषा नबुझेको भनेर भनेको थिएँ,’ उनले स्पष्ट पारिन् । फिल्मी खबर