‘बिदेसियको म’- ईश्वर अधिकारी

बिदेसियको म

अ आमा यता राम्रो काममा पर्या छु म
कसरी भनु मरुभुमीमा बालुवा बोक्छु

खाना समयमै खाने गर है बाबू, हस आमा
कसरी भनु दुइ दिन देखि चिउरा पानी खाछु

महिना दिन्मै साउको कल आयो ब्याज घटाइदे बाबू
कसरी भनु पैला आमालाई औसधि , बालाई टोपी किन्छु,

चाड बाड आयो घरको छाना चुहिने थाह छ
कसरी भनु जम्मा तलब २० हजार खान्छु

धन्न प्रीय बुझकारी छिन भन्छे खुसी छु म
कसरी भनोस बिचरी मोलका डोका बोक्छु

अ आमा यता राम्रो काममा पर्या छु म
कसरी भनु मरुभुमीमा बालुवा बोक्छु
– ईश्वर अधिकारी