पालुङ्टार नगरपालिकामा जसपाको कार्यकर्ता भेला तथा प्रशिक्षण

फागुन-२०, काठमाडौं । डा. बाबुराम भट्टराईको गृह जिल्ला गोरखाको पालुङ्टार नगरपालिकामा जनता समाजवादी पार्टीको कार्यकर्ता भेला सम्पन्न भएको छ । भेला सँगसँगै निर्वाचनको लागि प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरिएको छ । स्थानिय निर्वाचन जसपाको जित्ने मुख्य हेतुको साथ स्थानिय नागरिकसँग डा. बाबुराम भट्टराईले आजको समय खर्चिनु भयो।स्थानिय तहमा रहेको समस्या र सावधानको बारेमा पनि चर्चा गरियो ।

आजको कार्यक्रमा प्रदेश जलस्रोत तथा उर्जामन्त्री हरिशरण आचार्य, पालुङ्टारको बुद्धिजीवी, जसपाको कार्यकर्ता लगायत अन्य स्थानिय पनि उपस्थित थिए ।