जीवन एक अमुल्य अवसर हो यसको सहि सदुपयोग हुनुपर्छ।

जानकी पन्त,
जीवन एक अमुल्य अवसर हो यसको सहि सदुपयोग हुनुपर्छ। जीबन हर मोडमा एक चुनौती हो यसको समाधान स्थापना गरि अघि बढ्नु पर्छ। जीवन एक सिद्धान्त हो अनि जीवनको सिद्धान्त गलत अनुशरण का लागि हुन्हुन्न। साथै जीवन सिद्धान्तहीन हुनुहुन्न। जीवन आत्मायुक्त अनुभूतिकै लागि हो। र मानब जीवन, मानवीय संस्कार, गुण र प्रविधि विकासकै लागि जीबन प्रयोग हुनुपर्छ। यहा बाँच्न नजान्नेहरु संघर्ष देखि हार मानी आत्माहत्या समेत अपनाउछन जुन महापाप हो। पापको लागि मनुष्यको जीवन होईन् अनि हारको लागि पनि होइन। जब जीवन अन्त्य हुन्छ तब पुनः नयाँ शरीर खोजको लागि हाम्रो पन्चतत्वबाट एक शक्ति निस्किन्छ त्यसैलाई आत्मा भनिन्छ। आत्माको चैतन्य शक्ति भएको जीवन नै मनुष्य जीवन हो।

मृत्यु जीवनको अन्तिम सत्य हो। सत्यको ज्ञात हुँदाहुँदै पनि मनुष्य बाचुन्जेल अनेकन पाप गर्छन यानिकी आफ्नो अमुल्य समय मनुष्य प्राप्ति लाइ नै सर्वेसर्वा मानी पापको निम्ति प्रयोग गर्छन्। कुलतमा फसी गलत चिज मा मरिहत्ते गर्छन।

जीवनमा खोज्नु पर्ने कारक तत्व मध्य मृत्यु प्राप्तिको एक मुख्य कारक तत्व हो जुन सुखद हुनुपर्छ। मृत्यु जीवनको एक परिणामयुक्त नतिजा हो त्यस्मा ताली हुनुपर्छ यानिकी तोप र सलामी हुनुपर्छ। जीवन जिउनुको सार पनि गाली हासिल गर्न होईन् ठिक ताली नै हासिल गर्न हो। अत: जीवन गतिशील हो यो कुनै कारणबश गतिहीन हुनुहुन्न। पाएको समय पूरा होला नहोला त्यो अर्कै कुरा हो तर जीवन लक्ष्य प्राप्ति को लागि हुनुपर्छ।

यस धर्तीमा चौरासी लाख जीव छन्। ती जीव मध्य सोच्ने सोच शक्ति भएको जीव मनुष्य परेको हुनाले मनुष्य सर्वश्रेष्ठ प्राणी भन्ने गरिन्छ। जबसम्म जीवन के हो ? के का लागि मैले माटो टेकि रहेको छु ? मेरो अस्तित्व के मा छ ? मैले के गर्दा जीव जगत रक्षा हुन्छ, सुरक्षित हुन्छ ? जस्ता अनेक प्रश्न को जवाफ सोच्न र खोज्न योग्य मान्छे हुन्न तबसम्म जीवन जन्मको अर्थ हुन्न। हुन त जीवन जन्म विभिन्न कारणले हुन्छन् त्यो कारकसँग जीवनको अर्थ हुन्न।

जीवन प्रेममा हुन्छ। झैझगडा आतंक, हत्या, अपराध, युद्ध, जीवन विपरीतका गतिविधि हरु हुन्। त्यसको विरुद्ध बचावको लागि जीवनले एक आक्रमक भूमिका निर्वाह गर्दछ। यो जीवन जन्म सहि सोचमुखी बनाउन पाप झेल बाट मुक्त हुनुपर्छ। हामीले घामपानीबाट सुरक्षित हुनको लागि घरको निर्माण गरेका छौं तर जीवको सुरुवात भएको माछा पानीमै भएपनि बे-घर भईकन निस्फिक्री रमाएर पौडीरहेको। त्यो हामीलाई एक सिक हो जुन हामीले बिर्सी बाँचेका छौं। शुभबिहानी, शुभदिन सम्पूर्णमा🌹❣👏
#janakipantjoon #positivevibes #ॐनमःशिवाय
#lifelessons
To be continued…