प्रचण्ड र नारायणकाजी बीच छैन कुनै खटपट ?

फागुन-१९, काठमाडौं । एमसीसी पारित भएपछि पनि नारायणकाजी श्रेष्ठ अझै पनि एमसीसीको विरोधमा देखिएको छन् । प्रचण्ड र श्रेष्ठ बीचको सम्बन्ध खटपट देखिएको थियो । तर आज श्रेष्ठले कुनै खटपट नरहेको र छलफल भइरहेको बताउनु भएको छ । समाजिक सञ्जाल फेसबुकमा श्रेष्ठ लेख्नुहुन्छ, “हाम्रो पार्टी भित्र देखिएको मतभेद र अन्तर्बिरोध लाई लिएर बिभिन्न सञ्चार माध्यम मार्फत बिभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा बिषयलाई अतिरञ्जित ढङगले नबुझ्न सबैसंग अनुरोध गर्दछु ।अध्यक्ष क• प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भैरहेको छ ।”