बरुण धवनको बहुरुपी लुक्स , अभिनेत्री सारा खानले मन पराईन् , कमेडियन मनिष पलले भने गरे यस्तो कमेन्ट

बलिउड अभिनेता वरुण धवन सामाजिक सञ्जालमा निकै कम सक्रिय छन् । वरुणले यसअघि कुनै पनि नयाँ प्रोजेक्ट घोषणा गरेका छैनन् तर उनी फिटनेसमा पूर्ण ध्यान दिइरहेका छन् । यसबाहेक वरुणले एउटा कुकुर पनि पालेका छन् । जससँग उनले कमै मात्र फोटो र भिडियो शेयर गर्छन् सामाजिक सञ्जालमा । वरुण यतिबेला परिवार, नताशा र कुकुरसँग समय बिताइरहेका छन् । वरुण धवनले हालै इन्स्टाग्राममा एक थ्रोब्याक तस्बिर सेयर गरेका छन् ।

यो तस्बिर फिल्म ‘कुली नम्बर १’ को सेटको हो । तस्बिरमा वरुण सारा अली खानसँग पोज दिइरहेका छन् । वास्तवमा, वरुणले आफ्नो आकर्षक लुकका कारण यो फोटो सेयर गरेका छन्। सारालाई उनको यो लुक निकै मन परेको छ । फिल्मको एउटा दृश्यमा वरुण महिला पात्रमा देखिएका छन्, यो त्यही बेलाको तस्बिर हो । जसमा वरुण गुलाबी रंगको नर्सको ड्रेसमा देखिएका छन् । लामो कपाल, सेतो लामो मोजा र जुत्ता लगाएकी छिन् । साराले साधारण सूट लगाएकी छिन् र दुबै क्यामेराको लागि पोज दिइरहेका छन् ।

यो थ्रोब्याक पललाई सम्झँदै वरुणले क्याप्शनमा लेखेका छन्,– को बढी सुन्दर देखिन्छ ? यो त्यो समयको तस्बिर हो, जब मलाई यो रुप धारण गर्न दिइएको थियो। सारा अली खान मेरो लुकबाट निकै प्रभावित भइन्।ू वरुणको यो पोस्टमा होस्ट तथा कमेडियन मनिष पलले पनि कमेन्ट गरेका छन् । उनले लेखेका छन्– मलाई तिम्रो मोजा मन पर्छ। तिमी धेरै सेक्सी देखिन्छौ वरुण धवन ।