कुरा काट्ने मान्छेले काटुनका गायक सुभाषसँग मिलेर समिक्षाले ल्याइन् ‘बजाई देउ’को भिडियो

काठमाडौँ । कुरा काट्ने मान्छेले काटुन बोलको चर्चित गीतका गायक सुभाष पुरीको स्वर रहेको नयाँ गीत बजाई देउको गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक पुरीकै शब्द शृजना रहेको गीतमा गायक पुरीलाई पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छिन् । बबुल गिरीको संगीत, एरेन्ज र मिक्सिगं मास्टरिगं रहेको गीत अछामका रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।

जसमा वैँशालु उमेरका एक जोडीले जानेर नजानेर लगाएको प्रेम कहानीलाई देखाइएको छ । भिडियोमा मोडल जेबी चिरन चिरञ्जीबी सापकोटा र अञ्जना राउत गज्जबसँग खुलेका छन् । प्रेम र रोमान्सले भरिएको यो रमाइलो प्रेम गाथालाई पछिल्लो समयका चर्चित निर्देशक गौरब गिरीले निर्देशन गरेका हुन् ।

काठमाडौँ उपत्यका बाहिर गएर रमाइला र नयाँ लोकेशनमा भिडियो छायांकन गर्न रुचाउने निर्देशक गिरीको धेरैले प्रशंसा गर्ने गरेका छन् । सुदुरपश्चिमको रमाइलो प्रेम गाथालाई देखाइएको भिडिायेको छायांकन बसन्त कुँवरले गरेका हुन् भने सम्पादन बलभद्र कुँवरले गरेका हुन् ।