काठमाडौं गणेशको चिया पसलमा यस्तो काम गरेर बस्दा रहेछन् ३४ जना पुरुष

काठमाडौं महानगरपालिका(१६ नयाँबजारस्थित धादिङ गजुरी गाउँपालिका(६ घर भएका गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा तास खेलिरहेको भन्ने सूचनाको आधामा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ३ सय ६० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

ललितपुर, महालक्ष्मी नगरपालिका(४ ईमाडोल ओचु हाईटस्थित बिनोद श्रेष्ठको ब्याटमिन्टन कोर्टभित्र तास खेलिरहेको अवस्थामा २५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा तास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २९ हजार ५ सय ९० रुपैयाँ र ८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।