एमसीसी पास गरेपछि माओवादी छोड्नेको लर्को , सिङ्गो गाउँनै बन्यो काँग्रेस !

काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-३ स्वांराको माझथरका ३६ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

माओवादी पार्टीमा रहँदै आएका उनीहरूलाई गोरखा जिल्ला प्रदेश २ को (ख) का नेपाली काङ्ग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले काङ्ग्रेसमा स्वागत गरेका हुन् ।

माओवादीहरूले विकास निर्माणमा सिन्को पनि नभाचेको भन्दै उनीहरूको असलियत बुझेर नेकपा माओवादी पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरूले बताएका छन् ।

माओवादीको लालकिल्ला मानिने उक्त स्थानमा सोझा जनजातिहरुलाई झुक्याएर निर्वाचनहरूमा प्रयोग गरेको तर आजबाट उनीहरू काङ्ग्रेस प्रवेश गरेको उनले बताए ।

‘माझथरका ३६जना युवा साथीहरूलाई जनताको पार्टी नेपाली कांग्रेसमा हार्दिक स्वागत गर्दछु’ सांसद दवाडीले भने, ‘नेपाली राजनीतिक इतिहासको सबैभन्दा पुरानो, प्रजातान्त्रिक अनि भरोसायोग्य पार्टी नेपाली कांग्रेस प्रति यहाँहरुले जुन विश्वास र भरोसा राख्नु भएको छ, यो विश्वासलाई कहिलै टुट्न दिने छैन ।’

संसद दवाडी ‘मेरो राजनीति समाजकै सेवाको लागि, मेरो राजनीति तपाईंहरुकै टेवाको लागिु भन्ने नारासहित समाजमूखी र जनतामूखी राजनीति गर्दै आएका छन् ।