५२ वर्षीय पुरुषले गरे आफ्नै १४ वर्षीया छोरीमाथि जबरजस्ती करणी

चितवन १८ फागुन । आफ्नै १४ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कालिका नगरपालिका-१ गढुवा चोक बस्ने ५२ वर्षीय पुरुषलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धनमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।