बुधबार ६४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । बुधबार सेयर बजार ओरालो लागेको छ। आज सेयर बजारको परिसूचक ६३.९८ अंकले घटेर २,५४६.६० मा पुगेको छ। बुधबार दिनभरमा जम्मा २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ सेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड १४ लाख ३९ हजार ९७९ रुपैयाँ ३३ पैसाको कारोबार भएको छ। कारोबार भएका कूल कम्पनीमध्ये १८८ कम्पनीको मूल्य घटेको छ भने जम्मा ३ कम्पनीको मूल्य बढेको छ।

बुधबार कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ। आज रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर ४ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर २ प्रतिशतभन्दा कमले बढेको छ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको १६ करोड १८ लाख ९८ हजार ३२१ रुपैयाँ ७० पैसाको कारोबार भएको हो।

त्यसपछि, नटिसीको १४ करोड १९ लाख ८५ हजार ३५१ रुपैयाँ ९० पैसा, अरुण भ्याली हाइड्रोपावर डेभलप्मेन्टको १४ करोड १९ लाख १४ हजार २११ रुपैयाँ ८० पैसा, अपि पावरको १३ करोड १४ लाख ८० हजार १५४ रुपैयाँ र शिवम् सिमेन्टको १२ करोड २३ लाख ७५ हजार ८३२ रुपैयाँ ८० पैसाको कारोबार भएको छ।